Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारक्रान्तिकारी नेता जप्रेलको प्रयासमा संकटमा परेका विद्यार्थीको उद्दार, बुधबार बझाङ्ग ३० विद्यार्थीलाई...

क्रान्तिकारी नेता जप्रेलको प्रयासमा संकटमा परेका विद्यार्थीको उद्दार, बुधबार बझाङ्ग ३० विद्यार्थीलाई महेन्द्रनगरबाट पठाईयो

कञ्चनपुर,
अखिल क्रान्तिकारी कञ्चनपुरका विद्यार्थी नेता प्रकास जप्रेसको प्रयासबाट लकडाउनमा फसेका विद्यार्थीको उद्दार कार्य शुरु भएको छ । नेकपा विप्लव निकट अखिल अखिल क्रान्तिकारीका केन्दीय सदस्य एव विद्यार्थी नेता प्रकास जप्रेलको एक प्रयासबाट लकडाउनमा फसेका विद्यार्थीको उद्दार गर्न शुरु गरिएको हो । यस अघि विद्यार्थी नेता जप्रेलले डेरागरि बस्ने विद्यार्थीको सरकारले उद्दार गर्नुपर्नेमा जोडदिदै आएका थिए । नेता जप्रेलको प्रयासबाट बुधबार एकै दिन ३०जना विद्यार्थीको उद्दार गरिएको छ । बझाङ्ग घर भई महेन्द्रनगर सहित जिल्लाका विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालय एव शैक्षिक संस्थामा अध्यापन गर्दै आएका विद्यार्थीलाई घर पठाईएको छ । बुधबार बिहान पवनदुत यातायातको बस मार्फत लकडाउनमा फसेका डेरागरि बस्ने विद्यार्थीलाई उद्दार गरि घर पठाईएको हो । क्रान्तिकारी नेता जप्रेलले यस अघि डेरागरि बस्ने विद्यार्थीको उद्दारका लागि सम्पर्क गर्न आब्हान गर्दै सरकारी तथा यातायात व्यवसायीसंग समन्वय गर्दै आएका थिए । क्रान्तिकारी विद्यार्थी नेता जप्रेलले डेरामा बस्ने विद्यार्थीको उद्दार गरेपछि विद्यार्थी खुसी भएका छन । उनीहरुले विद्यार्थी नेता जप्रेलले विद्यार्थीको पिरमर्का बुझेको बताएका छन । बाईबाई गर्दै विद्यार्थीहरु महेन्द्रनगरदेखि बझाङ्ग जाँदै विद्यार्थी नेता जप्रेललाई सम्झिदै गए । अखिल क्रान्तिकारीका केन्दीय सदस्य प्रकास जप्रेलले संकटका बेला विद्यार्थीलाई सहयोग गर्ने बताउदै अभियान जारी राख्ने बताएका छन ।

ताजा समाचार