Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीलकडाउनको अवज्ञा तथा उल्लघन गर्ने जन्ती बसलाई कार्वाही

लकडाउनको अवज्ञा तथा उल्लघन गर्ने जन्ती बसलाई कार्वाही

कञ्चनपुर,
कञ्चनपुरमा विवाह बोकेर हिँडेको बसले लकडाउनको अवज्ञा गरेको भन्दै ५ घण्टा बस मञ्चमा रोकेर कार्वाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना भन्दा बढी लैजान नपाउने आदेश जारी गरे बाबजुद पनि विवाहमा ४५ जना लैजादै गरेको बसलाई होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव भट्टका अनुसार संक्रमण फैलिन सक्ने भन्दै मञ्चमा होल्ड गरेको जनाए । कञ्चनपुरको सुखासालबाट भाँसी जाँदै गरेको विवाहको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बस सहित मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको उनले बताए । बेहुला तथा अन्य लाई विवाहको लागि पठाइए पनि जन्तीहरु भने दिउसो १२ बजे देखी बेलुकी ५ बजे सम्म मञ्चमा बसालेका थिए ।

 

ताजा समाचार