Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा बैशाखमहिनाभरी लकडाउन

कञ्चनपुरमा बैशाखमहिनाभरी लकडाउन

विकास सिह महता
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख महिनाभरी लकडाउन गर्ने निर्णय गरेको छ । यस अघि एक साताका लागि २२गतेसम्म लकडाउन गरिएको थियो । सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख ३१सम्म लकडाउन गर्ने निर्णय गरेको छ । कञ्चनपुरमा कोरोना भयाभह भईरहेको अवस्थामा लकडाउन लम्ब्याएको हो । यस पटक प्रशासनले बिवाहको पासका लागि ईलाका प्रहरी कार्यालयलाई जिम्ेमबारी दिएको छ । पत्रकार बाहेकका पास रद्द गरिएका छन । लकडाउनमा कालोबजारी नगर्न आग्रह गर्दै भारतबाट प्रवेस गर्नेहरुको हकमा वैधानिक नाकाबाट प्रवेसका लागि निर्देशन जारी गरिएको छ ।सातामा तीन दिन तरकारी खाद्यान्नका पसल खुला, बैक बन्द, एटिमए खुला गरेको छ ।
कोरोना महामारीबाट बाँच्चनका लागि प्रशासनले लकडाउनको पूर्ण पालना गर्न नागरिकमा अपिल गरेको छ । 

ताजा समाचार