Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारकोरोना शिकार कञ्चनपुरका दुई शिक्षक अक्सिजन नपाएपछि थप उपचारका लागि अन्यन्त्र लैजान...

कोरोना शिकार कञ्चनपुरका दुई शिक्षक अक्सिजन नपाएपछि थप उपचारका लागि अन्यन्त्र लैजान नपाएपछि मृत्यु बरण

विकास सिह महता/कञ्चनपुर
कोरोना महामारी तिव्र रुपमा अघि बढिरहेका बेला संक्रमितले कञ्चनपुरको महाकाली र कैलालीको सेती अस्पताल भरिभराउ भएका छन ।

दुवै अस्पतालमा आईसियू बेड सहित एचडियू, आईसोलेशन भरिभराउ भएका छन । नयाँ अति शिकिस्त बिरामीले बेड पाउने अवस्था छैन । कञ्चनपुरका शनिबार एकै दिन दुई शिक्षक सहित तीन जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारार्थ भृकुटी माविका शिक्षिका सहित तिनको मृत्यु भएको हो ।

महाकालीमा बेड नपाएका कारण दिनभर एम्बुलेन्सको खोजिमा रहेका दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित भृकुटी माविका शिशिका मञ्जु केसीको मृत्यु भएको छ ।

लक्ष्मी माविका प्रअ दुई दिन अघि मात्रै अस्पतालमा बिरामी भएपछि उपचारका लागि आएका थिए । उनी १५ बैशाखसम्म सहकर्मीसंग टिपिटी तालिममा सहभागि थिए । समान्य रुघाखोकी लागेर श्वाँस प्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको मृतक शिक्षकका सहकर्मी डम्बरराज जोशीले बताए । ‘हामी टिपिटी तालिमा संगै थियौँ, उहाँलाई एक्कासी समस्या भयो, ‘शिक्षक जोशीले भने, ‘बिरामी भएर अस्पताल पुगे, अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो, अस्पतालमा आईसियू बेड भरिभराउ थिए, थप उपचारका लागि डडेल्धुरा उप क्षेत्रीय अस्पताल लैजान खोजे, शुक्रबार बिहानदेखि दिउँसोसम्म २१एम्बुलेन्सलाई फोन गरेर कसैले जान मानेन् ।’ अन्तिमतिर दिउँसो पाईएको एम्बुलेन्समा अक्सिजन थिएन त्यस्तै लगेर गए, विचबाटैमा अक्सिजन नपाएर उनको मृत्यु भयो, हामी शिक्षकमाथि राज्यको यत्रो अन्याय ग¥यो ।’

कञ्चनपुरका शिक्षकलाई कोरोना खोप समेत नलगाएको र सयौँको भिडमा पढाउनुपर्ने बाध्यता रहेको बताउदै उनले शिक्षकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए । तीन दिन अघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ । उनका आफन्त शिक्षक सहकर्मीले सरकारको लार्पबाहीका कारण कोरोनाको शिकार शिक्षक पनि भईरहेको बताएका छन । भृकुटी माविका सहायक प्रअ बिरेन्द्र प्रशाद भट्टले शिक्षकलाई एक खोप पनि नदिएको र बिरामी हुँदा समेत मृत्युकै मुखमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सहकर्मी गुएका छौँ, ‘उनले भने, ‘मुलुकमा यत्रो महामारी हुँदा समेत सरकारले नागरिकको स्वास्थ्यमा चासो दिएको छैन ।’

महाकाली अस्पतालमा उपचारार्थ संक्रमितको धमाधम ज्यान गईरहेका छन । लगातार दुई दिनमा एक महिला सहित ८ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । कञ्चनपुरका कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा नागरिकले अकालमै ज्यान गुमाईरहेका छन ।

महाकाली अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मीमा कोरोना देखिएसंगै उपचारमा समस्या भईरहेको छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले जनशक्ति र उपकरण अभाव हुँदा संक्रमित बिरामीलाई उपचार गर्न समस्या भईरहेको बताए । नागरिक समाजले कोरोना रोकथामका लागि सरकारको पूर्व तयारी नभएको बताएका छन ।

अध्यक्ष जोशीले अस्पतालमा आएका सबै बिरामीको सक्दो उपचार गर्न खोजिएपनि अक्सिजन जनशक्तिको अभाव भईरहेको बताए । कोरोनाका कारण शिक्षकको ज्यान गएको यो पहिलो घटना हो, सहकर्मी शिक्षकको मृत्युसंगै कञ्चनपुरका शिक्षक स्तब्ध एव त्रसित भएका छन ।

ताजा समाचार