Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीमहामारी देश भारतबाट आएकाको परीक्षण बिनै धमाधम नेपाल प्रवेस गराँईदै

महामारी देश भारतबाट आएकाको परीक्षण बिनै धमाधम नेपाल प्रवेस गराँईदै

पुष्कर भट्ट/कञ्चनपुर
छिमेकी मुलुक भारतमा कोरोना महामारीले मानिसको हाताहाती भईरहेको छ । उपचार नपाए भारतमा धमाधम मानिस मरिरहेका छन । मजदुरीका लागि भारत पसेका नेपाली कोरोना कहरकाविच स्वदेश फर्किरहेका छन । तर पश्चिम नेपाल कञ्चनपुरको ग्डडाचौकी नाकाबाट नेपाल प्रवेस गरेका सबै नेपालीको कोरोना परीक्षण नगरिकनै नेपाल प्रवेस गराईरहेका छन ।

संक्रमित मुलुक भारतबाट नेपाल आएका नागरिकको कोरोना परीक्षण बिनै घर पठाँउदा कोरोना महामारी थप जटिल बन्दै जाने चिन्ता व्यक्त गरिएको छ । हुन त दोस्रो चरणमा देखिएको कोरोना संक्रमणको शुरुवातका बेलादेखि ग्डडाचौकी नाकामा कोरोना परीक्षण गरिएको थिएन ।

बिहीबार र शुक्रबार जिल्ला बाहिरका नागरिकको कोरोना परीक्षण गरिएको छैन । उनीहरुलाई सम्बन्धीत जिल्लाले परीक्षण गर्नुपर्ने भन्दै परीक्षण बिनै गाडीमा राखेर गन्तव्यसम्म पठाईन लागिएको छ ।

बिहीबार गड्डाचौकी नाका भएर भारतबाट ७ सय ५३ नागरिक भित्रिए, जसमध्ये ५१ जनाको मात्रै एन्टिजिन मार्फत कोरोना परीक्षण गरियो । जम्मा ४ जनामा मात्रै कोरोना देखियो । बाँकी ७ सय २ जनाको परीक्षण बिनै घर पठाईयो । समान्य गणितिय सिद्धान्तले पनि कुल ५१ को परीक्षण गर्दा आएका सबै ७ सय ५३को परीक्षण गर्दा यही दरमा पनि ५९ जनामा कोरोनो देखिनजान्छ । परीक्षणबिनै लामो यात्रा गर्ने परिपार्टीले कोरोना संक्रमण चैनको रुपमा समुदायमा फैलिने देखिन्छ ।

भीमदत्त नगरपालिका गड्डाचौकी स्वास्थ्य हेस्कका इन्चार्ज आकास बाडूलीले स्वास्थ्य र प्रशासन कार्यालयको निर्णय अनुरुप कञ्चनपुर बाहिर घर भएकाको परीक्षण नगरिकनै पठाईन लागेको बताए । उनले भारतको पनि संक्रममित क्षेत्रबाट आएकाको मात्रै परीक्षण त्यसमा पनि रेन्डमका आधारमा परीक्षण गर्न लागिएको छ ।

बाँकीको हकमा गाडीमा घर पठाईन लागेको बताए । मुलुकमा तीन सरकार छन, तर नागरिकले भने आफ्नो स्वास्थ्य समेत प्ररिक्षण गर्न नपाएर कोरोना भई आफु र समुदाय संक्रमण गर्नुपर्ने बाध्यता सृजना भधएको छ । कोरोना रोकथाम कार्य र नाका व्यवस्थित नहुँदा कञ्चनपुमा समेत संक्रमण बढिरहेको छ ।

ताजा समाचार