Monday, September 26, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारलकडाउनले उद्योगी व्यवसाय चौपट कञ्चनपुरका व्यवसायीलाई लकडाउनले स्वाथ्य र व्यवसाय धरासायी हुने...

लकडाउनले उद्योगी व्यवसाय चौपट कञ्चनपुरका व्यवसायीलाई लकडाउनले स्वाथ्य र व्यवसाय धरासायी हुने चिन्ता

विकास सिह महता
कोरोना महामारी रोकथामका लागि बिहीबारदेखि कञ्चनपुरमा लकडाउन गरिएको छ । लकडाउनका कारण जिल्लाका उद्योग, व्यवसायिक प्रतिष्ठान, कलकारखाना व्यवसाय बन्द भएका छन । गत बर्ष पनि लकडाउनका कारण थलिएको उद्योग व्यवसायीक क्षेत्र यस बर्षपनि चिन्ता व्यक्त गरिएको छ । यहाँका उद्योगी, व्यवसायीले स्वास्थ्य र व्यवसाय धरासायी हुने चिन्ता व्यक्त गरेका छन ।

समुदायमा बढ्दै गएको कोरोना कारण एकातिर स्वास्थ्यको चिन्ता, अर्कातिर लकडाउनले व्यवसाय बन्द भएपछि बैंकको किस्ता तिर्ने चिन्ता व्यक्त गरेका छन । लकडाउन भएपनि इमान्दार व्यवसायी धरासायी हुने केही व्यवसायीले सेटिङ्ग गर्दै भारतबाट ठूलो तस्करी गर्ने भएकाले लकडाउनले सार्थकता नपाउनेमा आशंका व्यक्त गरेका छन । महेन्द्रनगरका व्यवसायी दानसिह ठकुराठीले लकडाउनले व्यवसायीलाई महासंकटमा पारेको बताए । ‘कोरोना रोकथामका लागि लकडाउन मात्रै पूर्ण विकल्प होईन, ‘उनले भने, ‘नागरिक सचेत हुनुपर्छ, सबैले स्वास्थ्य सुरक्षामा पुरै मापदण्ड पुरा गर्नुपर्छ ।’

लकडाउनले उद्योगी व्यवसायीलाई आर्थिक व्ययभार बढाएको बताउदै उनले बैंकको ब्याज तिर्न मुस्किल पर्ने बताए । आर्थिक मितव्ययी हुनुपर्ने उनले सुझाव छ । बेलडाँडीका फर्निचर उद्योगी प्रकाश मालीले लकडाउनसंगै व्यवसाय चौपट भएको बताए । ‘लकडाउनले अनावश्यक खर्च बढायो, ‘उनले भने, ‘एकातिर बैकको ब्याज तिनुपर्ने, अर्कातिर कोरोना महामारीबाट बाँच्नुपर्ने बाध्यता छ ।’ सटर बन्द गरेर बस्नुपर्ने अवस्थाले गत बर्ष घाटा भएको व्यवसाय यस बर्षको लकडाउनले झन समस्या ल्याएको बताए ।

झलारीका उद्योगी धिरेन्द्र साउदले लकडाउन इमान्दार व्यवसायीका लागि दुखत र तस्करका लागि खुसिका दिन आएको बताए । ‘हामी लकडाउन छ, भनेर त्यसको पालना गछौँ, ‘उनले भने, ‘तस्कर समुह लकडाउनको मौका छोपी भारतबाट धमाधम समान ल्याएर बेच्छन ।’ लकडाउनका कारण बैंकको ब्याज र मजदुरलाई ज्याला दिन समेत समस्या हुने बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अनुुसार लकडाउनका कारण प्रत्यक्ष रुपमा जिल्लाभरीका १० हजार व्यवसायी मारमा परेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले कोरोना कहरसंगै व्यवसायी महासंकटमा परेको बताए । ‘एकातिर कोरोना त्रास बढेको छ, व्यवसायीले गत बर्षकै घाटा बेहोर्न सकेका छैनन, ‘उनले भने, ‘हामी जताबाट पनि संकटमा छौँ ।’ अन्तिम चरणमा पुगेर गरिएको लकडाउनले उद्योगी व्यवसायीलाई सकस भईरहेको बताए । नीति नै नहुँदा समेत समस्या भईरहेको बताउदै उनले विकल्प सहितको प्रबन्ध गर्नुपर्ने बताए । कुन अति आवश्यक कुन होईन सो बारेमा समेत एकिन नहुँदा व्यवसायी एक अर्कामा अन्तरनिर्भर समस्यामा रहेको बताए ।

ताजा समाचार