कञ्चनपुर,
महाकाली अस्पतालमा उपचारार्थ कोरोना संक्रमित उच्च आदालतका न्यायाधिश कृष्णलाल भट्टराइलाई हेलिकेप्टर चार्टर गरेर काठमाण्डौँ लगिएको छ ।
एक सातादेखि महाकाली अस्पतालमा उपचारार्थ कोरोना संक्रमित न्यायाधिश भट्टराइको अस्पतालमा उपचार हुन नसकेपछि रिर्फर गरिएको हो । बुधबार बिहान सिम्रिक एयरको हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले आईसियूमा उपचारार्थ न्यायाधिश भट्टराईलाई काठमाण्डौँ लगिएको बताए । ‘न्यायाधिश श्रीमानको स्वास्थ्य सुधार नभएपछि हेलिकेप्टर चाटर गरेर काठमाण्डौँ पठाएको छौँ, ‘अध्यक्ष जोशीले भने, ‘यहाँपनि आईसियूमा राखेर उपचार गरिरहेका थियौँ ।’ महाकाली अस्पतालमा कोरोना संक्रमित धमाधम थपिदै छन । तर, अक्सिजन र जनशक्ति अभाव हुँदा संक्रमितको उपचारमा समस्या भईरहेको छ । कोरोना महामारी समुदायमा फैलिन थालेको भन्दै अस्पतालले समेत रहनका लागि आब्हान गरेका छ । महाकाली अस्पतालमा दैनिक संक्रमितको मुत्यु भईरहेको छ ।
