Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारविदेशी भूमिमा उपचार नपाएर धमाधम ज्यान गुमाउँदै नेपाली, दुताबास र सरकारलाई भारतमा...

विदेशी भूमिमा उपचार नपाएर धमाधम ज्यान गुमाउँदै नेपाली, दुताबास र सरकारलाई भारतमा रहेका नेपालीको विषयमा चासो छैन्

कञ्चनपुर,
भारतमा विश्वभरीकै कोरोना कहर उच्च दरमा बढिरहेका बेला त्यहाँ रहेका नेपाली धमाधम ज्यान गुमाईरहेका छन । स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारत पसेका नेपाली उपचार नपाएपछि धमाधम ज्यान गुमाईरहेका छन ।

दोस्रो चरणमा देखिएको कोरोनाका कारण कति नेपालीको भारतमा मृत्यु भएको बारे एकिन दुवाताससंग तथ्याङ्क नभएपछि हालसम्म दुई दशन बढि मानिसको मृत्यु भएको भारत स्थित नेपाली संघ संस्थाहरुले जनाएका छन ।

अपिसाईपाल नेपाली एकता समाज दिल्लीका अध्यक्ष बासुदेव जोशी(बादल)ले उपचार नपाएपछि भारतमा रहेका नेपाली मजदुरले मृत्यु बरण गर्नु पर्ने बाध्यता रहेको बताए । अध्यक्ष जोशीका अनुसार भारतका अक्सिजन नपाएका कैलालीका ३४ बर्षिया नेपाली मनोज भट्टको मृत्यु भएको छ । ‘

भट्टलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि दिल्लीका अस्पतालमा लगियो, तर अक्सिजन पाईएन, ‘उनले भने, ‘अक्सिजन नपाएका कारण घर ल्याउने क्रममा उनको बाटैमा मृत्यु भयो ।’ अपिसाईपाल नेपाली एकता समाज दिल्लीका अध्यक्ष जोशीले उपचार नपाएका कारण गत साता थलरा गाँउपालिका ५ बस्ने प्रेम डैडेको मृत्यु भएको थियो । भारतमा कोरोना महामारी फैलिएसंगै बाँच्नका लागि मातृभूमि आउँन लागेका भीमदत्त नगरपालिका ७हल्दुखालका रामदत्त कपाडीको भारतमै मृत्यु भएको थियो ।

अपिसाईपाल नेपाली एकता समाज दिल्लीका अध्यक्ष जोशीले कोरोना कहरका बेला भारतमा रहेका नेपालीको स्वास्थ्य,उपचार एव उद्दारको विषयमा दुतावास र सरकारलाई चिन्ता चासो नदिएको बताए । ‘गुजारा चलाउनका लागि प्रदेश पसेका नेपालीको कहालिलाग्दो अवस्था उत्पन्न भएको छ, ‘अध्यक्ष जोशीले भने, ‘नेपालीको विषयमा न सरकार न दुतावासलाई चिन्ता छ ।’ दिल्ली स्थित नेपाली राजदुतावासले एक सुचना जारी गर्दै कोरोना रोकथामका लागि उच्च सुरक्षा प्रबन्धका साथै समस्या परे सहजिकरणका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

ताजा समाचार