Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीआजदेखि कञ्चनपुरमा लकडाउन

आजदेखि कञ्चनपुरमा लकडाउन

कञ्चनपुर,
समुदायमा महामारीका रुपमा कोरोना संक्रमण फैलिन थालेपछि आजदेखि कञ्चनपुरका लकडाउन गरिएको छ । आज बिहान देखि लागु हुने गरि एक साताका लागि लकडाउन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संक्रमण रोग ऐन २०२० को दफा २ एव स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अधिकार प्रयोग गरि जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले हस्ताक्षर गरेको आदेशमा अत्यावश्यक बाहेकाका सार्वजनिक सेवा बन्द गरिएको छ । औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धीत पसल व्यवसाय बाहेक अन्य पसल बन्द र तरकारी, फलफुल तथा खाद्य सामाग्री पसल व्यवसाय जनसंख्या सुधार मापदण्डको पूर्ण रुपमा पालना गरि बिहान ६ देखिर् ९ बजेसम्म संचालन गरिने ।

अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने छ, । विकास निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधनको हकमा सम्बन्धीत आयोजना र कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारबाट जारी भएको पास मात्रै प्रयोग गर्न पाईनेछ ।

बैंक वित्तिय संस्थाका कर्मचारीलाई परिचय पत्रका आधारमा जान दिने । विवाह व्रतबन्दको हकमा १४जनासम्म मात्रै जान पाउने । भारतबाट प्रवेस गर्ने नागरिकलाई सम्बन्धीत स्थानीय तहको समन्वयमा क्वारेन्टाईन, आईसोलेशनमा राख्ने र जिल्ला बाहिर समन्वय गरेर पठाउने होल्डिङ्ग सेन्टर स्थापना गर्ने, सबै प्रकासका सभा, सम्मेलन तालिम सिनेहाल ब्यूर्टी पार्लर खेलकुद पुस्तकालय संग्राहलष् संचालन गर्न नपाईनेछ । कालोबजारी गर्नेमाथि कार्बाही हुनेछ । भने अनावश्यक हिडडुल गर्नेमाथि कार्बाही गरिनेछ ।

ताजा समाचार