Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली अस्पतालमा १३ भेन्टिलेटर तर २ मात्रै संचालनमा भएका उपकरण अनुरुप जनशक्ति...

महाकाली अस्पतालमा १३ भेन्टिलेटर तर २ मात्रै संचालनमा भएका उपकरण अनुरुप जनशक्ति नहुँदा कोरोनाका बिरामी ज्यान गुमाउँदै

कञ्चनपुर,
अहिले नेपाल सहित कञ्चनपुरमा कोरोना महामारी चलिरहेको छ । छिमेकी मुलुक भारतमा कोरोनाले मानव जिवनकै अस्थित्व समाप्त पारिरहेको छ । भारतमा दैनिक तीन लाख भन्दा कोरोना संक्रमित थपिरहेका छन । कञ्चनपुरका समेत सयको हराहारीम दैनिक संक्रमित थपिरहेका छन । त्यही भारतमा रोजगारी गर्न गएका नेपाली कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल भित्रिरहेका छन ।

संत्रमित मुलुकबाट नेपाल भित्रिने ठाँउ कञ्चनपुर महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा आवश्यक तयारी नै नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या भईरहेको छ । अस्पतालमा पनि कोरोनाका बिरामी भरिभराउ छन । आईसोलेशन, एमडियू र आईसियू गरि तीन तरिकाले कोरोना संक्रमतिको उपचार भईरहेकोछ ।
महाकाली अस्पतालमा रहेका १३ भेन्टिलेटर छन । तर, संचालनमा २ मात्रै हुँदा कोरोनाले जोखिम स्टेजमा पुगेका बिरामीले मृत्युबरण गर्नुपर्ने बाध्यता छ ।

कुल १३ मध्ये २ बिग्रीएका छन, गत बर्ष खरिद गरेको तर, सप्लार्यसले पुरानो दिएकाले अस्पतालले जफत गरेको एक जफत गरेका छ । २ संचालनमा छन । भने ८ भेन्टिलेटर थन्किएका छन । भएका स्रोत साधन उपकरण थन्किएपछि बिरामीको समस्या भईरहेको छ । भेन्टिलेटर संचालन हुन नसक्दा कोरोना उच्च जोखिमका बिरामीले बेड नपाउने अवस्था सृजना भएको छ । बेड नपाएर उनीहरु मृत्युको मुखमा पुगिरहेका छन ।

अस्पतालमा थन्किएका भेन्टिलेटरको विषयमा डा. बिरेन्द्र बुडालले दक्ष जनशक्ति अभावका कारण जम्मा दुई मात्रै भेन्टिलेटर संचालनमा रहेको र बाँकी कहिलेसम्म थन्काएर राख्ने भन्दै समाजिक सञ्जालमा सो विषय सार्वजनिक गरेका छन । डा. बुडालले स्वास्थ्यकर्मी भर्ना गर्न सक्दैन, भने त्यो भेन्टिलेटर प्राईभेट अस्पताललाई भाडामा दिनुहोला कमसेकम यो महामारीका बेला भेन्टिलेटर नपाएर कसैको ज्यान त नजाला । भन्दै सुझाव दिएका छन । एनएसथेसियाका डा. बुडालले चिकित्सक सहित स्टाप नर्स, स्वीपर अभावका कारण भएका भेन्टिलेटर संचालन गर्न नसकिएको बताए । हाल महाकाली अस्पतालमा ६१ कोरोना संक्रमितको उपचार भईरहेको छ ।

हाल संचालनमा रहेका २ भेन्टिलेटरमा ६ बेड आईसियू संचालनमा छन । १४ अक्सिजन सहित भएका १४ बेड एचडियू र ४० बेड आईसोलेशन ५० संक्रमित छन । महाकाली अस्पतालका डा. प्रकासचन्द्र ओझाले आईसियू बेड र एचडियू बेड भरिभराउ भएको बताए । ‘आईसियू र एचडियू बेड पुरै भरिएका छन, ‘उनले भने, ‘आईसियू र एचडियू बेडमा राखेर उपचार गर्नुपर्ने बिरामीको आन्तरिक व्यवस्थापन गरेर उपचार गछौँ ।’ महाकाली अस्पतालका कोडिभ सम्पर्क डा. गोबिन्द रोकायाले अक्सिजन भएको बताए । ‘अहिलेका लागि अक्सिजनको अभाव छैन, ‘उनले भने, ‘हामीले माग गरेका छौँ, यही दरमा अक्सिजन उपभोग भए अभाव हुनेछ ।’ उनका अनुसार आईसियू संचालनका लागि जनशक्ति र उपकरण अभाव भएको छ ।
‘हामीसंग बाँकी भएको उपकरण पनि जडान हुन नसेको छैन, ‘उनले भने, ‘जनशक्ति नहुँदा भएका उपचार थन्किएका छन, यस विषयमा सबैको चासो हुनुपर्छ ।’

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले आईसियू संचालनका लागि प्रदेश र संघीय सरकारसंग पटक फटक माग गर्दा समेत जनशक्ति नदिएको बताए । ‘हामीले यो महामारी मध्य नजर गर्दै कोरोना संत्रमितको उपचारका लागि जनशक्ति माग गरिरहेका छौँ, तर कहिकतैबाट पहल हुँदैन, ‘उनले भने, ‘हामी महामारीको उच्च जोखिममा छौँ ।’ चैत्र अन्तिमसातादेखि बैशाख दोस्रो सातासम्म महाकालीमा उपचार गर्न गएका कोरोना संक्रमित चार जना कोरोना संत्रमित बिरामीले ज्यान गुमाईसकेका छन । तीन भारतबाट फर्किएका मजदुर र एक स्थानीयको मृत्यु भएको हो ।

कञ्चनपुरका दैनिक कोरोना संक्रमित बढिरहेका छन । मंगलबार दोस्रो चरण अहिलेसम्मकै बढि संत्रमित फेला परेका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार एकैदिन १सय १८ जनामा कोरोना पुष्टी भएको थियो । पिसिआरविधीबाट ४१ र ६७ जनामा कोरोना देखिएको छ । हालसम्म कञ्चनपुरमा २१ को मृत्यु भएको छ ।

ताजा समाचार