Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारकोरोना महामारी फैलिन थालेपछि बेलडाँडी गाउँपालिका एक साताका लागि बन्द

कोरोना महामारी फैलिन थालेपछि बेलडाँडी गाउँपालिका एक साताका लागि बन्द

बेलडाँडी,
समुदायमा कोरोना महाकारी फैलिन थालेपछि कञ्चनपुरको बेलडाँडी गाँउपालिका कार्यालय एक सातका लागि बन्द भएको छ । गाँउकार्यपालिका बैठकले आज(बुधबार)देखि लागु हुने गरि एक साताका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले समुदायमा कोरोना फैलिन थालेपछि एक साताका लागि अत्यावश्यक कामकाज बाहेक सेवा बन्द गर्ने निर्णय गरिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत भट्टका अनुसार यस अघि भिडभाँड हुने विद्यालय सहितका क्षेत्र बन्द गर्नका लागि विद्यालयमा पत्राचार गरिएको जनाए । भारतसंग सीमा जोडिएको बेलडाँडीमा अवैध रुपमा प्रवेस रोक्नका लागि सशस्त्र प्रहरी र प्रहरीलाई पत्राचार गरिएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले महामारीका बेला सबैले आ–आफ्नो ठाँउबाट सचेत रहनुपर्ने आग्रह गर्दै गाँउपालिका सहित सरकारले कोरोना रोकथामका लागि गरेका निर्णय पालना गर्नुपर्नेमा जोडदिए । भारतबाट फर्किएका सहित बेलडाँडीका केही स्थानमा कोरोना देखिएसंगै गाँउपालिकाले क्वारेन्टाईनदेखि अन्य स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालेको छ ।

ताजा समाचार