Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीशुक्लाफाँटा, लालझाडीका शैक्षिक संस्था कोरोनाका कारण केहिदिन बन्द, बेलडाँडीले बन्दको जिम्मा स्वंयम...

शुक्लाफाँटा, लालझाडीका शैक्षिक संस्था कोरोनाका कारण केहिदिन बन्द, बेलडाँडीले बन्दको जिम्मा स्वंयम विद्यालयलाई

बेलडाँडी,
कोरोना भाइरसका कारण शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका शैक्षिक संस्था बन्द गरिएका छन् , भने बेलडाँडी गाउँपालिकाले जोखिम देखा परेको खण्डमा स्वयम विद्यालयलाई बन्दको अधिकार दिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि यी संस्था बन्द गरिएको जनाइएको छ ।
शुक्लाफाटा नगरपालिकाले एक सूचना जारी गर्दै आज देखि ७ दिन सम्मका लागि विद्यालय बन्द गराउने जनाएका छन् । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले भने नगर भित्र १२ जना भन्दा बढी संक्रमित भएको भन्दै भिडभाड नर्गन समेत आग्रह गर्दै यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तै लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भने गाउँपालिका क्षेत्र भित्र अहिले १८ जना भन्दा बढी कोरोना संक्रमित भएको भन्दै संक्रमण फैलिने मुख्य ठाउँ विद्यालय भएकाले १० दिनका लागि विद्यालय बन्द गरिएको जनाए । कोरोना रोकथामका लागि गाउँपालिकाले आइसोलेशन स्थापना गरेको र हाल उनीहरुलाई आफ्नो निगरानीमा राखेको जनाए । गाउँवासीहरुलाई नआत्तिन आग्रह गर्दै अध्यक्ष बडायकले सबैले सर्तकता अपनाउन भिडभाड नर्गन जनाएका छन् ।

यस्तै बेलडाँडी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र ११ जना कोरोना संक्रमित रहेको जनाउदै यसलाई नियन्त्रण गर्न विद्यालय लाई सम्पुर्ण बन्दको जिम्मा दिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनु भयो । वहाँका अनुसार बेलडाँडी खुल्ला सिमाबाट आवत जावत बन्द गर्न सिमा सुरक्षा बललाई निर्देशन गरेको जनाए । कोरोना रोकथामका लागि जनचेतना फैलाउनमा समेत गाउँपालिकाले कार्य गरिरहेको छ ।

ताजा समाचार