Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकोरोना कहरमा परीक्षा गराउन लागेको भन्दै विद्यार्थी संगठनद्वारा सुप विश्वविद्यालयमा तालाबन्दी

कोरोना कहरमा परीक्षा गराउन लागेको भन्दै विद्यार्थी संगठनद्वारा सुप विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर,
कञ्चनपुरमा कोरोना महामारी फैलिएका बेला सुदूरपश्चिम विश्वविद्यालयले परीक्षा गर्न लागेको भन्दै विद्यार्थी संगठन आन्दोलित भएका छन । सुप विश्वविद्यालयमा रहेका विभिन्न ६ विद्यार्थी संगठन आन्दोलनमा उत्रेका हुन । उनीहरुले कोरोना कहरका बेला विश्वविद्यालयले विद्यार्थीको जनस्वास्थ्य धरापमा राखेर परीक्षा गराउन लागेको भन्दै विश्वविद्यालयमा तालान्दी गरेका हुन ।
अखिल क्रान्तिकारी सुप विश्वविद्यालयका नेता गणेशराज मिश्रले विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि मात्र नभई जनस्वास्थ्यमा समेत खेलवाड गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार क्रान्तिकारी सहित विभिन्न ६ विद्यार्थी संगठनले विश्वविद्यालयका विभिन्न विभाग एव परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेवि संघ, क्रान्तिकारी, अखिल छैठौँ र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय क्याम्पस, केन्दीय क्याम्पस मुल गेट सहित विभिन्न विभागमा तालाबन्दी गरिएको छ । विश्वविद्यालयले भने विद्यार्थीले उठान गरेका मुद्दाका विषयमा छलफल गरिने बताए ।

ताजा समाचार