Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीपहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई अाज मंगलबारदेखि दोस्रो डोज

पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई अाज मंगलबारदेखि दोस्रो डोज

कञ्चनपुर,

पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई अाज मंगलबारदेखि दोस्रो डोज लगाइँदैछ ।

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप  ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

ताजा समाचार