Friday, September 30, 2022
गृहपृष्ठदैनिक गतिविधीहुलाकी सडक कालोपत्रेको माग अघि सारेर वाईसियल बेलडाँडीद्वारा सडक जाम

हुलाकी सडक कालोपत्रेको माग अघि सारेर वाईसियल बेलडाँडीद्वारा सडक जाम

विकास सिह महता,
कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक कालोपत्रेको माग अघि सारेर वाईसियल बेलडाँडीले सडक अवरोध गरेको छ ।

नेकपा माओवादी केन्द्र निकट वाईसियलले समयकै सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनासंग ज्ञापन पत्रदेखि साँकेतिक सडकमा जाम एव प्रर्दशन गरेको वाईसियल बेलडाँडीले सोमबारदेखि सडक अवरोध गरेको हो ।

वाईसियल बेलडाँडीका इन्चार्ज चेत बहादुर शाहले सडक निर्माणमा आयोजना र निर्माण कम्पनीले ढिलाई गरेका कारण यात्रु मारमा परेको विषय मध्य नजर गर्दै सडक अवरोध गरेको बताए ।

‘हामीले पटक पटक आयोजना र ठेकेदारलाई भेटेर समयमै सडक निर्माण गरिदिने, भनेर अनुनय विनय गर्दै आएका थियौँ, ‘इन्चार्ज शाहले भने, ‘न ठेकेदारले टेरे न आयोजनाले ध्यान दियो, बाँध्य भएर सडक अवरोध गरेका हौँ ।’

वाईसियल बेलडाँडीका संयोजक दिपक खडकाले सरकारबाट ठेक्का दिएर काम नगर्ने ठेकेदारमाथि सरकारले डण्डा बजाउन नसक्दा ठेकेदारले वेवास्ता गरेको बताए । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ ।

डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे भएको छ । तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक बर्ष २०७७/०७८ सम्म काम गरेको छैन ।
निर्माण कम्पनीले अाज देखि नियमित पानी हाल्ने वचन दिए पछि अबरुद्ध सडक खोलिएको हो ।

ताजा समाचार