Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्रले पार्टी ब्यूँतिएसंगै कञ्चनपुरमा संगठन विस्तार अभियान संचालन गर्ने

माओवादी केन्द्रले पार्टी ब्यूँतिएसंगै कञ्चनपुरमा संगठन विस्तार अभियान संचालन गर्ने

कञ्चनपुर,
नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । शुक्रबार माओवादी केन्द्र कञ्चनपुरको झलारीमा सम्पन्न भएको विस्तारित बैठकले सर्वोच्च आदालतले नेकपा माओवादी र एमालेलाई ब्यूताईदिएसंगै पार्टी संगठन विस्तार एव पुर्नजागृत गराउने भएको हो ।
माओवादी कञ्चनपुरले यस अघि नै जिल्ला पार्टी कार्यालय स्थापना गरिसकेको थियो । बैठकले माओवादी नेता देवेन्द्र ढुङ्गानाको संयोजकत्वमा कार्यालय व्यवस्थापन टिमको जिम्मेबारी दिएको छ ।
कार्यालय सचिवमा आनन्द सिह धामी सदस्य तर्फ दिपक तिम्लिसिना, बिरेन्द्रराज विष्ट, कमल ऐर, दिपक भट्ट सहितका नेताहरुलाई जिम्मेबारी दिएको छ । शनिबारदेखि नै कञ्चनपुर जिल्लाभरीका सबै पालिका, वडाहरुमा संगठन विस्तार एव पूर्नजागृत गराउने भएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा जिल्ला सदस्य दिपक भट्टले यस अघि नै सबै वडा, पालिका, जिल्लामा विद्यमान पार्टीको संचरचना भएकाले पार्टी ब्यूतिएसंगै नेता कार्यकर्ता र पार्टीलाई पूर्नजागृत गराईने बताए ।
०७५ जेठमा माओवादी र एमाले मिलेर नेकपा पार्टी बनेको त्यसलाई सर्वोच्चले २३ फागुनमा दुवै पार्टी पुन अलग अलग हैसियत एव पार्टी ब्यूताएपनि सत्ताको लोभले केही माओवादी नेताहरु ओलीतिर लागेर लोकतन्त्र मास्न उद्यत भएको टिप्पणी गरिएको छ ।
विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुप प्रदेश सहइन्चार्जद्वय खगराज भट्ट,लक्ष्मीराज जोशी, सचिव नृप बहादुर चौधरी, केन्दीय सदस्य बिना मगर, जिल्ला इन्चार्ज देविलाल चौधरी, माअ‍ोवादी नेता एव प्रदेश सभा सदस्य मान बहादुर सुनार लगायतका नेताहरुले प्रशिक्षण तथा शुभकामना मन्तव्य राख्दै लोकतन्त्र मासेर संविधान नै ध्वस्त बनाउने खेलबिरुद्ध माओवादीले संविधान रक्षाका लागि संघर्षमा जोडदिएका थिए ।

ताजा समाचार