Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसदाशिव कृषक समुह बेलडाँडीको प्रथम बार्षिक साधारण सभा ग्रामिण भेगका कृषकलाई आधुनिकीकरण...

सदाशिव कृषक समुह बेलडाँडीको प्रथम बार्षिक साधारण सभा ग्रामिण भेगका कृषकलाई आधुनिकीकरण गराउन सरकारी सहयोगमा जोड

कञ्चनपुर,
कञ्चनपुरकोे बेलडाँडी गाँउपालिकामा रहेको सदाशिव कृषक समुहको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । बेलडाँडी गाँउपालिका १मा रहेको सदाशिव कृषक समुहको बिहीबार एक कार्यक्रमका विच साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा कृषक समुहका सदस्य एव पदाधिकारीले ग्रामिण भेगका कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा आधुनिकरण एव लगानी आवश्यक रहेकोे औल्याएका छन । सदाशिव कृषक समुहका सह सचिव मनोरज भट्टले कृषकलाई आत्मनिर्भर बनाउनका लागि समितिले सरकारी निकायसंग पहल गरिरहेको बताए । सह सचिव भट्टले कृषक समुहले सरस्वती मावि झर्नासागरको आँपखेती ठेक्का लिएको बताए । उनका अनुसार स्थानीयको एक हेक्टर जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती गरिने छ । सह सचिव भट्टले हरेक किसानले मेहनत गर्दै कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोडदिए । उनले एक बर्षको आयव्यय समेत प्रस्तुत गरेका छन ।
सदाशिव कृषक समुहका सदस्य धन बहादुर बोगटीले सबै मिलेर समुहलाई अघि बढाउँदै अघि बढ्न्पर्नेमा जोडदिदै स्थानीय सरकारले समुहको बृद्धि विकामा जोडदिए । कृषक समुहका अर्का सदस्य लाल सिह विष्टले कृषक समुह, सरकार एव किसानले एकजुट भई लक्ष्य प्राप्ती गर्नुपर्नेमा जोडदिए । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष अम्मर खत्रीले बेरोजगारी हटाउनका लागि कृषकले मेहनत गर्नुपर्नेमा सुझाव दिए । उनले वडाका तर्फबाट हुने सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि एव बेलडाँडी गाँउपालिका उप प्रमुख कमला कार्कीले योजना ल्याएर गाँउपालिका आए सहयोगको प्रतिबद्धता जाहेर गर्दै आत्मनिर्भर बन्नका लागि कृषिखेती गर्नुपर्नेमा जोडदिईन । सदाशिव कृषि सहकारीका अध्यक्ष स्ुरेश सिह ऐरीको सभापतित्वमा भएको कार्यक्रको संचालन सचिव दिपा भट्टले गरेकी थिईन । कार्यक्रमा कृषक समुहका सदस्य,पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधी लगायत स्थानीय कृषकको सहभागिता रहेको थियो ।

ताजा समाचार