दिपक राज अवस्थी
अखिल क्रान्तिकारी कञ्चनपुरले संगठन विस्तार एव शैक्षिक विकृती बिरुद्ध अभियान संचालन गरेको छ । आइतबारदेखि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्लामा सगठन विस्तार एव शैक्षिक विकृती बिरुद्ध अभियान शुरु गरेको हो । आइतबार एकै दिन क्रान्तिकारीले भीमदत्त नगरपालिका क्षेत्र दुई उच्च माध्यामिक विद्यालयमा संगठन विस्तार गरेको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव एव नेता किशोर प्रशाद भट्टले शैक्षिक विकृती बिरुद्ध क्रान्तिकारीले जिल्लाभरी संगठन विस्तार एव संगठन सुदृढिकरण अभियान संचालन गरिएको बताए । उनका अनुसार आइतबार एकै दिन भीमदत्त नगरपालिका उत्तरी क्षेत्रका विद्यालयमा संगठन विस्तार गरिएको छ । त्रिभुवन उमाविमा मनोज भुलको अध्यक्षमा २९ सदस्यीय अखिल क्रान्तिकारी विद्यालय इकाई कमिटि र सिद्धनाथ उमावि जिमुवामा बसन्ती जोशीको अध्यक्षतामा २१ सदस्य सदस्य क्रान्तिकारी विद्यालय इकाई कमिटि विस्तार गरिएको क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टले बताए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, सचिव किशोर भट्ट, कोषाध्यक्ष सुरेश भट्ट सहितका विद्यार्थी नेताहरुले प्रशिक्षण दिएका थिए । क्रान्तिकारीले कोरोना नाममा शैक्षिक क्षेत्रमा गरेको फजुल खर्चदेखि सबैखाले शिक्षामा देखिएका अनियमितता बिरुद्ध सघंर्षको चेतावनी दिएको छ ।
