Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीराष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ जिल्ला समिति कञ्चनपुरको अध्यक्षमा शर्मा...

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ जिल्ला समिति कञ्चनपुरको अध्यक्षमा शर्मा चयन

कञ्चनपुर,

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ जिल्ला समिति कञ्चनपुरको अध्यक्षमा बेलडाँडीका युवा समाजसेवी हरिप्रसाद शर्मालाई चयन गरेको छ ।

शनिबार अमिर कुँवरको अध्यक्षतामा आयोजित सातौँ भेलाले शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गिता नेपाली, सचिवमा दशरथ सुवेदी, सह-सचिवमा भुपेन्द्र भण्डारी, कोषाध्यक्षमा बिष्णु पन्त, सदस्यहरुमा मानव विक, रावल श्रेष्ठ र देवु जैसीलाई चयन गरिएको छ भने एक जना सदस्य रिक्त राखिएको छ ।
भेलाका प्रमुख अतिथि अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा, विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार लोकेन्द्र प्रसाद लम्साल लगायतले शुभकामना तथा बधाई व्यक्त गर्नु भएको थियो ।
नव नियुक्त समितिले युवाहरूको पक्षमा काम गरिने जनाउनु भयो ।

ताजा समाचार