Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीकी स्वास्थ्यकर्मी निलमलाई सम्मान

बेलडाँडीकी स्वास्थ्यकर्मी निलमलाई सम्मान

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मी (अनमी) निलम भट्टलाई सम्मान गरिएको छ । शनिबार पूनर्वासमा सम्पन्न भएको महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघको १३ औँ बार्षिक साधारण सभामा स्वास्थ्यकमीृ भट्टलाई सम्मान गरेको हो ।
ग्रामणि भेगमा रही कोरोना रोकथामका साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघले सम्मान गरेको हो । बेलडाँडी गाँउपालिका ५ स्थित रौतेलीविचुवा स्वास्थ्यचौकीमा कार्यरत अनमी निलमलाई महाकाली ईटा तथा टायर उद्योग व्यवसायी संघका केन्दीय बरिष्ठ उपाध्यक्ष शंकर चन्द र संघका जिल्ला अध्यक्ष बलदेव बुडाल सहितका पदाधिकारीले दोसल्ला ओढाएर सम्मान गरेका छन । यस्तै संघले स्वाथ्यकर्मी सहित विभिन्न क्षेत्रका योगदान पु¥याए बाफत सम्मान गरिएको छ ।

ताजा समाचार