Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीएमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गलाई कार्बाही ! माओवादी नेता थापालाई अध्यक्षको जिम्मेबारी

एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गलाई कार्बाही ! माओवादी नेता थापालाई अध्यक्षको जिम्मेबारी

बेलडाँडी,
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा पुर्व माओवादी नेता बीर बहादुर थापा(पातल)लाई जिम्मेबारी दिएको छ । एमाले केन्दीय तथा प्रादेशिक कमिटिले जिल्ला अध्यक्षमा थापालाई जिम्मेबारी दिएको एक पत्र सार्वजनिक भएको छ ।
१६ चैत्र ०७७ मा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जारी गरेको परिपत्र अनुरुप कञ्चनपुर अध्यक्षमा थापा र सचिवमा सुरेन्द्र विष्टलाई जिम्मेबारी दिएको छ । माओवादी र एमाले एकिकरण भएर नेकपा बनेका बेला नेकपा कञ्चनपुरको अध्यक्षमा माओवादी कोटबाट थापा र सचिवमा तामाङ्ग थिए । नेकपा फुट हुँदा थापा ओली समुह र तामाङ्ग नेपाल समुहमा थिए ।
२३ फागुन सर्वोच्च आदालतको निर्णयसंगै दुवैपार्टी पूर्ववत अवस्थामा ब्यूँतिए माओवादी नेता फर्किएनन । उनीलाई नेकपा ओली समुहले अध्यक्ष बनायो । पुर्ववत अवस्था एमाले कञ्चनपुरको अध्यक्षमा तामाङ्ग नै थिए । पार्टी ब्यूर्तिएसंगै उनी अध्यक्षकै जिम्मेबारी हुनुपर्ने भएपनि ओली समुहले उनलाई कार्बाही गरेर अध्यक्षमा थापालाई जिम्मेबारी दिएको छ । ओली समुहका नेताहरुका अनुसार तारालमा तामाङ्गले पार्टीको हित विपरित काम गरेको भन्दै जिम्मेबारीबाट हटाईएको बताएका छन । नेपाल समुहका नेताहरुले ओलीको हैकमवादी र ससद विघटनका बेला आफुतर्फ नलागेको भन्दै माओवादी नेतालाई ल्याएर अध्यक्ष बनाएको भन्दै आक्र्रोस पोख्दै आएका छन । एमाले अध्यक्ष ओलीले नेपाल समुहका नेताहरुलाई धमाधम कार्बाही गर्दा पनि उनीहरु त्यतै एमालेतिर टाँस्सीएर किन बस्नु परेको भन्दै प्रशन गरिरहेका छन ।
मानव अधिकार राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको संयोजकमा साउद
मानव अधिकार राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको संयोजकमा नागरिक समाज कञ्चनपुरका अगुवा नर बहादुर साउद चयन भएका छन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको मानव अधिकार राष्ट्रिय सञ्जालको भेलाबाट साउद नागरिक समाज प्रदेशको संयोजकमा चयन भएका हुन । उनी हाल संयोजक भएपनि पछि समिति विस्तार हुनेछ । मानव अधिकारको क्षेत्रमा उक्त समितिले काम गर्ने बुझिन्छ ।
भीमदत्त नगरपालिका १२ मा केश श्रृङगार तालिम शुरु
कञ्चनपुरको भीमदत्त नगरपालिका १२ नम्बर वडामा केशश्रृङगार तालिम शुरु भएकोछ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरको आयोजनामा केशश्रृङगार तालिम शुरु भएको हो ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तर्कराज विष्टको प्रमुख आथित्यमा तालिम शुरु भएको हो । तालिम उद्घाटन गर्दै केन्द्र प्रमुख विष्टले तालिममा सिकेका विषयबस्तु व्यवहारिक जिवनमा कार्यान्वयनमा जोडदिए । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष कृष्णसिह देउपाले

ताजा समाचार