कञ्चनपुर,
महाकाली अस्पतालको चमेना गृह ठेक्कामा चलखेल मात्र नभई कमिसनको बार्किनिङ्ग भएपछि चमेना गृहको ठेक्का नै बदर गरिएको छ ।
अस्पतालमै कार्यरत कर्मचारीको परिवारलाई चमेनागृह संचालनका लागि ठेक्का दिलाउन निमित्त मेसु डा. हरि कुमार श्रेष्ठको सेटिङ्गलाई अस्पताल व्यवस्थापन समितिले तोडिदिएको छ । मेसुकै सेटिङ्गमा चमेनागुहको ठेक्का भित्रकै कर्मचारीको परिवारलाई दिन खोजेका थिए ।
कर्मचारीले आफुखुसी मापदण्ड बनाएर अस्पताल परिसरमा चमेनागृह(खाजाघर) संचालनका लागि टेण्डर आब्हान गरे अनुरुप आफ्नै कर्मचारीको परिवारलाई ठेक्का दिलाएको विषय बाहिर आएपछि अस्पताल व्यवस्थापन समितिले चासो दिदै उक्त निर्णय बदर गराएको छ । महाकाली अस्पताल व्यवस्थापन समिातिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)को अध्यक्षतामा शुक्रबार बसेको बैठकले चमेनागृहको ठेक्कामा कमिकमजोरी भएको स्वीकारर्दै टेण्डर नै रद्द गर्ने निर्णय गरेको हो । टेण्डर रद्द गर्दै कर्मचारीकै परिवारलाई टेण्डर दिलाउन षड्यन्त्रमुलुक भूमिका निर्वाह गरेका मेसु श्रेष्ठको अनुचित लाभ लिने सपना चकनाचुर भएको छ ।

महाकाली अस्पतालका व्यवस्थापक दिपेन्द्र सिह रावलले चमेनागृहको टेण्डर पुन गर्ने निर्णय भएको बताए । उनका अनुसार सूचना प्रकासितमै केही त्रृटी भएकाले पुन प्रकासित गर्ने निर्णय भएको छ । भने यसका साथै पुरानो भेन्टिलेटरलाई हस्तान्तरण गर्नका लागि सूचना जारी गर्ने , कोडिभ नियन्त्रण, जनशक्ति व्यवस्थापनको विषयमा निर्णय भएको बताए । गत बर्ष पनि कमिसनकै खेलमा टेण्डरकर्ताले पुराना समाग्री दिएपछि अस्पतालले उक्त समान स्वीकार गरेको
थिएन । अस्पतालमा जहिले कमिसन एव गुणस्तहिन कामले अस्पताल सुधारमा चुनौती थपिएको छ ।
समान्य चमेनागृहको टेण्डरमा कमिसन लिने कर्मचारीले अस्पताल भित्र करोडौँका संरचना निर्माण, कर्मचारी भर्ना र लाखौँको खौषधी खरिदमा मोटो रकम कमिसन लिएकै कारण भेन्टिलेशन संचालनमा नआउँदै बिग्रीएको दावि गरेका छन ।
गत बर्षदेखि महाकाली अस्पताल व्यवस्थापन समितिमा जुझारु युवाको टिम आएसंगै कर्मचारीबाट हुने कमिसन र बदमासी बदर हुँदै आएका छन । गत बर्ष अस्पतालको भेन्टिलेटर खदिरमा बदमासी भएकै कारण ठेकेदार कम्पनीले पुराना समान दिएको थियो, अस्पताल व्यवस्थापन समितिले तुरुन्तै परिर्वतन गरेको थियो । यस्तै आईसोलेशनमा शुरुमै दोयम ईटा प्रयोग गरेको ठेकेदारले अस्पताल व्यवस्थापन समितिले रद गर्न लगायो, तर भवन बनेपछि मेसुले १० प्रतिशत कमिसन मागेका थिए ।
अस्पताल कर्मचारी स्रोतका अनुुसार अस्पतालमा औषधी खरिद, कर्मचारी भर्नादेखि ठूला टेण्डर हुँदा मेसुले कमिसन नदिदासम्म कामै नगरिदिने गरेकाछन । जसले कमिसन दिदैन उसको कामै नहुने प्रवृतिबाट सहकर्मी नै हैरान भएका छन । व्यवस्थापन समिति आएसंगै एकातिर अस्पताल सुधार भएपनि अर्कातिर मेसुले कमिसनको दाउमा अस्पताल नै धरापमा पारेको नागरिक समाजको बुझाई छ । चमेनागृह र अस्पताल प्रशासनका कामकाजप्रति व्यवस्थापन समिति समेत रुष्ट रहेको छ । अस्पताल व्यवस्थापन समितिलाई बाहिस गरेर मेसुले कमिसनका लागि गर्ने गतिबिधीले अस्पताल कमिसनको चुङ्गोलमा फसेको समितिको ठहर छ ।