Monday, September 26, 2022
गृहपृष्ठजिवनशैली५६ अाैं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस बेलडाँडीमा भव्य तरिकाले सम्पन्न

५६ अाैं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस बेलडाँडीमा भव्य तरिकाले सम्पन्न

बेलडाँडी,

प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा ‘अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका’ रूपमा मनाउने गरिन्छ । यो वर्ष ५६ औँ ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’ देशभर विविध कार्यक्रम गरी मनाईएको छ ।

यस्तै बेलडाँडीमा समेत भब्य तरिकाले कार्यक्रम मनाइएको छ । बेलडाँडी दलित हकहित संजालको अायोजना, गाउँपालिकाको सहयोग र दलित महिला संघको समन्वयमा सञ्चालित कार्यक्रमका अध्यक्ष तथा बेलडाँडी दलित हकहित सञ्जालका अध्यक्ष दिनेश सुनारले जानकारी गराउनु भयो ।

विश्वमा कतै रङ्गका(कालो गोरो)आधारमा विभेद छ । कतै (वर्ण)जातका आधारमा विभेद छ । यति मात्रै होइन विश्वमा भाषा, लिङ्ग, धार्मिक, यौनिक अल्पसङ्ख्यक, जस्ता अधारमा विभेद हुने गर्छ । ती विभेद न्यूनीकरणका निमित्त ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’लाई विशेष अवसरका रूपमा मनाउने गरेको अध्यक्ष सुनारले बताउनु भयो ।

चवन्नी बजार देखि गाउँपालिका हुँदै नयाँ बसपार्क सम्म र्याली निकाल्ने र बसपार्कको प्राङ्गणमा र्याली सभामा परिणत भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री रहेका थिए भने अतिथिमा विभिन्न राजनितिक दलका नेता,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अधिकांस सहभागीहरूले भने आगामी गाउपालिकाको नीति तथा कार्यक्रममा दलितका पक्षमा विशेष प्राथमिकताका साथ निति तथा कार्यक्रम बन्नु पर्नेमा जोड गरे ।
यस्तै बेलडाँडी दलित हकहित सञ्जालका सचिब रमेश चनाराले भने ” राज्य देखि हेपिएको दबिएको रज्यले विभेदमा पारेको समुदायको लागि अगमी कार्य योजनामा दलित हरुको लागि शिक्षा र आय आर्जन मुलक सीपको ब्यबस्था गर्न स्थानिय सरकार प्रमुखको ध्यानाकर्षण गराए ।”

साथै केही दिनमै दलित माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाउने र मागहरु सम्वोधन नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिनु भयो ।

सो कार्यक्रम फेडो जिल्ला cordinater नर बहदुर आउजीले सन्चालन गरेका थिए ।

ताजा समाचार