मदन नेपाली
सुदूरपश्चिम प्रदेशका ब्यासाचार्य एव राष्ट्रिय पण्डित खेमराज ओझा विश्व हिन्दु महासंघको केन्दीय सदस्यमा चयन भएका छन ।
विश्वहिन्दु महासंघका केन्दीय अध्यक्ष डा.रामचन्द्र अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ब्यासाचार्य एव राष्ट्रिय पण्डित ओझालाई महासंघको केन्दीय सदस्यमा चयन भएको जनाएको छ । महासंघको विधान, परिच्छेद ७दफा १९को उपदफा (च) बमोजिम ओझालाई केन्दीय सदस्यमा मनोनित गरेको हो । बैतडी र कञ्चनपुर घर भएका ओझाले विभिन्न पुस्तक, कृति लेखन एव धार्मिक क्षेत्रमा काम गर्दै आएका छन ।

