Tuesday, September 27, 2022
गृहपृष्ठमुख्य समाचारवन डढेलो नियन्त्रणका लागि जनचेतनामुलक प्रभातफेरी

वन डढेलो नियन्त्रणका लागि जनचेतनामुलक प्रभातफेरी

सुख्खायामका समयमा वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रणका लागि कञ्चनपुरमा जनचेतनामुलक प्रभातफेरी गरिएको छ । शुक्रबार बिहान डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा प्रभातफेरी निकालिएको हो । वन डढेलो सप्ताहका अवसरमा वन कार्यालयले जनचेतनामुलक प्रभातफेरी गर्दै सचेत गराएको छ ।

 

वन कर्मचारी सहितका अन्य कर्मचारी, जनप्रतिनिधी वनकर्मीको हात हातमा वन डढेलो नियन्त्रण गरौँ वन जोगाऔँ भन्ने प्लेकाड सहित प्रभातफेरी गरेका थिए । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत अजय बिक्रम मानन्धरले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले सबै क्षेत्रबाट वन संरक्षका लागि आवश्यकता रहेको बताए ।

प्रभातफेरीमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहितका निजामती कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधी, समुदायिक वनका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार