सिमान्तकृत एकल महिला समुहका प्रतिनिधिह?लाई नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि सम्वन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

बुधबार महेन्द्रनगरमा मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरले सञ्चालन गरेको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना अन्तरगत एकल महिला समुहका प्रतिनिधि सहभागिहरुको नेतृत्व बिकास गर्दै क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको हो ।
तालिममा शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकामा मानव अधिकारकोलागि महिला एकल महिला समुह÷डब्लुएचआर ले गठन गरेका १७ ओटा समुहबाट ३४ जना एकल महिलाको सहभागिता रहेको छ ।
तालिममा सहभागि?लाई लिंग÷लैगिंकता भनेको के हो ? लिंग र लैगिंकतामा फरक, लैङ्गिक विभेद, लैङ्गिक हिंसा, महिला माथि हुने हिंसा र हिंसाका प्रकारह?, महिलालाई रोक्ने–छेक्ने सामाजिक–सांस्कृतिक अवरोधह?, एकल महिला को हुन ? एकल महिला अभियानको इतिहास, समूहको महत्व, समुह गठन र परिचालन बिधि, समुह पदाधिकारीको भूमिका, एकल महिलाको अवस्था विश्लेषण आदी बिषयमा प्रशिक्षण गरिने नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताउनु भयो ।
यसका अतिरिक्त नेता र नेतृत्व भनेको के हो ?, नेतृत्व विकासको परिचय र आवश्यकता, नेतृत्वको प्रकार र शैली, नेतृत्वमा हुनुपर्ने गुणह? र दृढ निश्चयी नेतृत्व÷हामिले खोजेको नेतृत्व, नेतृत्वमा महिलाको सहभागिता र नेतृत्वमा समान अवसर तथा स्थानीय सरकारको योजना तथा बजेट तर्जुमा पद्धति यसका विभिन्न चरणह?, लैगिंक उत्तरदायि बजेट, स्थानीय सरकार संचालनमा निर्वाचित महिला÷सीमान्तकृत समुहका महिला जनप्रतिनिधिह?को भूमिका, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, महिला अधिकार र शसक्तिकरण, महिला अधिकारको क्षेत्रमा भएका नितिगत उपलब्धीह?, महिलामाथि हुने हिंसा तथा कानुनि ब्यवस्था आदी बारे तालिममा जानकारी गरिने जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली बताए ।
तालिमको पहिलो दिन महिला अधिकारकर्मी भगवती थापा ले सहजीरकण गरेका थिए । बाँकी दिनमा क्रमश एकल महला अधिकारकर्र्मी रमा कुमारी पन्त, लक्ष्मी चन्द, अधिबक्ता सुमित्रा कार्की, सामाजिक अभियन्ता अमिर ति?वा र मानवअधिकारकर्मी कोमल निरञ्जन भाट तथा डब्लुएचआरका कार्यक्रम संयोजक बिर बहादुर नेपाली लगायतले प्रशिक्षण सहजीकरण गर्ने कार्यक्रम तालिका रहेको तालिम आयोजक संस्थाले जनाएको छ ।
