Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीप्रेस चौतारीबाट पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षको उम्मेदवार घोषणा

प्रेस चौतारीबाट पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षको उम्मेदवार घोषणा

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षका लागि नेकपा एमाले निकट प्रेस चौतारीले पत्रकार सुरेश धामीलाई अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । प्रेस चौतारी कञ्चनपुरले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षका लागि सर्वसम्मतबाट पत्रकार सुरेश धामीलाई अघि आधिकारिक उम्मेदवार घोषणा गरेको जनाईएको छ ।

 

प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तले चार सदस्यीय वार्ता कमिटि विस्तार गरेको छ । चौतारीका नेता हरि प्रशाद जोशीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली समेत गठन गरिएको छ । सदस्यमा कर्ण ब. चन्द, राजेन्द्र नाथ र स्वयम अध्यक्ष लक्ष्मण पन्त रहेका छन । उक्त वार्ता टोलीले अन्य संघ संगठनसंग वार्ता गर्नेछन ।

ताजा समाचार