Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमालपोत कार्यालयका अधिकृत जोशी घुस रकम सहित पक्राउ

मालपोत कार्यालयका अधिकृत जोशी घुस रकम सहित पक्राउ

कञ्चनपुर,

कञ्चनपुर मालपोत कार्यालय महेन्द्रनगरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशी घुस रकम सहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा आयोगको टोलीले मालपोत अधिकृत जोशीलाई २४ हजार नगद घुस रकम सहित अाज बिहीबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका मालपोत अधिकृत जोशी माथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिनुभएको छ

ताजा समाचार