Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीबाजुरामा १८ बर्षिया युवती अाफ्नै सुत्ने कोठामा मृत फेला

बाजुरामा १८ बर्षिया युवती अाफ्नै सुत्ने कोठामा मृत फेला

बाजुरा

बाजुरामा युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको त्रिवेणी नगरपालिका–३ का पारस शाहीकी श्रीमती १८ वर्षीया प्रियंका शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराकाअनुसार २ महिना अघि मात्र विवाह गरेकी शाही मंगलबार बिहान आफ्नै सुत्ने कोठामा मृत भेटिएकी हुन्।

घटनापछि मृतकका श्रीमानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ।

ताजा समाचार