Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीकी महिला धनगढी होटेलमा मृत फेला, श्रीमान प्रहरीको अनुसन्धानमा

बेलडाँडीकी महिला धनगढी होटेलमा मृत फेला, श्रीमान प्रहरीको अनुसन्धानमा

बेलडाँडी,कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी घर भएकी एक महिलाको धनगढी होटेलमा मृत फेला परेकी छिन् ।

बेलडाँडी घर र बेलौरी माइतीघर भएकी सुर्जन रोकायाकी श्रीमती कमला बिष्ट रोकाया धनगढीको सोराइ होटेलमा मृत फेला परेकी हुन् । केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी उनी गएराति होटलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी थाप अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको भनाइ छ । मृतकका श्रीमान् सुर्जन रोकायालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले निगरानीमा राखेको छ । उनीहरु लामो समयदेखि भारतको अमृतसर पञ्जाबमा होटल सञ्चालन गरी बस्ने गरेको र जग्गाको कारोबारका लागि हालै नेपाल भित्रिएको बुझिएको छ । मृतकका १ छोरा र १ छोरी छन् । दुवै जना छोराछोरी भने भारतको पञ्जाबमै रहेका छन् ।

ताजा समाचार