Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीश्रीमती हत्याको अभियोगमा दोधारा चाँदनीका एक ब्यक्ति प्रहरी नियन्त्रणमा

श्रीमती हत्याको अभियोगमा दोधारा चाँदनीका एक ब्यक्ति प्रहरी नियन्त्रणमा

श्रीमती हत्याको अभियोगमा दोधारा चाँदनीका एक ब्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बिजौरे टोलका वर्ष अन्ताजी ४७ का मान सिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको २ गते राती समान्य बिबादमा मान सिंह सुनारले आफ्नो श्रीमती वर्ष अन्ताजी ४५ का पानसरी दमाईलाई कुटपिट पछि घाईते भएको र उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको बताईएको छ । उनको हिजो मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले पानसरी दमाईलाई मान सिंह सुनारले कुटपिट पछि मारेको उजुरी आएपछि मान सिंह सुनारलाई नियन्त्रण पछि अनुसन्धान थालेको बताएका छन् । ‘पानसरीको कुटपिट पछि मृत्यु भएको उजुरी आएपछि मृतकको श्रीमानलाई नियन्त्रण लिएर अनुसन्धान थालेका हौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले भने ।

ताजा समाचार