Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीठेकेदारको लार्पबाहीले सडक नबन्दा दैजी बेलडाँडी सडकखण्डमा दृर्घटना

ठेकेदारको लार्पबाहीले सडक नबन्दा दैजी बेलडाँडी सडकखण्डमा दृर्घटना

बेलडाँडी,
क्ञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीको सडक दैजी बेलडाँडी हो । उक्त सडक हुलाकी राजमार्ग अन्र्तरगत पर्छ । सडक कालोपत्रेका लागि काँग्रेस नेता एव परशुराम नगरका मेयर भीम साउदको निर्माण कम्पनीले लिएको छ । तर, सडक निर्माणका बेवास्ता र ढिलासुस्तीले यस अघि बेस निर्माण भएपनि बिग्रीन थालेको छ । सडकमा बिछाईएका ग्राभिलिङ्ग ढुङ्गाका कारण दृर्घटना निम्तिरहेका छन । दैनिक जस्तो सवारी दुर्घटना भईरहेका छन । बेलडाँडीका स्थानीय गोपाल कुँवरले बुधबार बेलडाँडीदेखि दैजी तर्फ जान लागेको एक टिप्पर पनि सडकबाट चिप्लिएर नहरमा पल्टिएको छ । टिप्पर दुर्घटनामा मानविय क्षति नभएको उनले बताए । तिव्र गतिमा हुँदा सडकमा ढुङ्गा चिम्लिएर दुर्घटना भएको छ । सडक निर्माणमा वेवास्ता गरेका कारण दुर्घटना मात्र नभई पुरै सडक धुलाम्मे हुँदा जनस्वास्थ्यमा समेत असर परेको छ । बेला बेलामा स्थानीयले ठेकेदारलाई समयमै कालोपत्रेका लागि माग गर्दा समेत वेवास्ता गर्दैै आएको छ ।

ताजा समाचार