Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीएमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री शाही अल्पमतमा

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री शाही अल्पमतमा

काठमाण्डु, कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमलोले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

बुधबार कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी दिए ।

कर्णाली प्रदेशसभामा अहिले माओवादी केन्द्रबाट १३ र एमालेबाट २०, कांग्रेसबाट ६ र राप्रपाबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मूख्यमन्त्री शाही अल्पमतमा परेका छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउनका लागि २१ जना सांसदको आवश्यकता पर्दछ । तर, उनीसँग कांग्रेस र राप्रपाका १ गरी २० मात्रै हुन्छ ।

ताजा समाचार