Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीएकचालिस बर्षदेखि फरार रहेका अभियुक्त पक्राउ गर्न कञ्चनपुर प्रहरी सफल

एकचालिस बर्षदेखि फरार रहेका अभियुक्त पक्राउ गर्न कञ्चनपुर प्रहरी सफल

चार दशकदेखि फरार भएका एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गर्न सफल भएको छ । ज्यान मुद्दामा ०३६ साल ८ फागुनदेखि फरार रहेको पूर्नवास नगरपालिका ५ ‘च’ गाँउका बुद्धिबस्तीका ७६ बर्षिया मलाङ्ग ताामाङ्ग(लामा) लाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । त्यस अघि उनलाई जिल्ला आदालतले २०बर्ष कैद तोकेको थियो ।

 

मुद्दा पुनरावेदन गरेपछि तत्तकालिन अञ्चलस्तरको आदालतले १० बर्ष कैद तोकेको थियो । संयोगबस बृद्धलाई तत्तकालिन अञ्चलस्तरको सुदूरपश्चिम आदालतले चैत्र २ गते फैसला गर्दै २० बाट घटाएर १० बर्ष कैद तोत्यो, ठिक ४१ बर्षमा उनी चैत्र २ गते नै पक्राउ परेका छन ।

 

यदी कुनै प्रहरीले शुरुवाती जागिर खाएर २० बर्षमा सेवानिव्रत भएर फेरी अर्को प्रहरीले पनि जागिर खाएर सेवानिव्रत हुने बेला र अभियुक्त बृद्ध भईसकेपछि पक्राउ नै परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले ४१ बर्षदेखि फरार अभियुक्तलाई नेपाल प्रहरीको टोलीले उनकै घरबाट पक्राउ गरेको बताए ।

 

मलाङ्ग तामाङ्गलाई तत्तकालिन सुदूरपश्चिमाञ्चल क्षेत्रीय आदालतले ०४६ चैत्र २ गते कैद भुक्तानका लागि सजाय तोकेको बताए । ‘मलाङ्गले उधारोमा ज्वाई नाता पर्ने स्थानीय नाम्जा तमाङ्गसंग एक हजार ५ सयमा भैसी किनेका रहेछन, ‘प्रहरी प्रवक्ता थापाले भने, ‘उनी भारतीय सेनामा नाम परिर्वतन गरि मन्सुर तामाङ्ग नामबाट भर्ना भएको पाईन्छ ।’

 

सन १९६५(विस ०२१मा भारतीय सेनामा भर्ना भएका मलाङ्ग १९७२ विस ०२८सालमा बिरामी अवकास भई पेन्सन समेत लिएको देखिएको छ । मलाङ्ग ३५ बर्षको उमेरमा अपराध गरेर ७६ बर्षमा कैद भुक्तानी गर्न बाध्य भएका छन । पक्राउ परेका उनलाई अदालत हुँदै कारागार चलान गरिएको छ । अपराध गरेपछि मनरुन्जेलसम्म लुकिछिपी बस्न कसैलाई छुट नभएको घटनाले पुष्टी गरेको छ । अपराधिलाई पक्राउ गरि कानुन कार्यान्वयन गरेको भन्दै स्थानीयले कञ्चनपुर प्रहरीको प्रसंसा गरेका छन ।

ताजा समाचार