Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरी-बेलडाँडीमा तस्करी रोकिएन, तस्कार नियन्त्रणमा बेलाैरी प्रहरी सकृय बन्दै

बेलाैरी-बेलडाँडीमा तस्करी रोकिएन, तस्कार नियन्त्रणमा बेलाैरी प्रहरी सकृय बन्दै

बेलाैरी,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, बेलडाँडीमा तस्करी रोकिएको छैन । तस्करी रोक्नका लागि नेपाल प्रहरीले हदैसम्मको सकृयता देखाएको छ । सीमा सुरक्षा र सीमा अपराधका लागि मुल सीमा नाकामा सशस्त्र प्रहरी छन ।

बेलौरी बेलडाँडीका विभिन्न स्थानमा पहिले भन्दा अहिले सशस्त्र प्रहरी हुँदा समेत तस्करी रोक्ने र तस्करलाई तह लगाउने काम भने नेपाल प्रहरीकै भएको स्थानीय बताउँछन ।

 

एक साता अघि भारतबाट लागु औषध र नक्कली नोट छाप्ने मेसिन ल्याएर नेपाल आईरहेका तस्करले सीमा क्षेत्रमा प्रहरीमाथि गोली चलाउँदा जवाफी कार्बाहीमा एक भारतीय तस्करको मृत्यु, अर्का घाईते भएका थिए । भने दुई फरार भएका हुन् । सम्भवत यो घटनामा तस्करबाट झण्डै प्रहरी मारिनबाट जोगिनुका साथै नेपालमा भित्रिन लागेका लागु औषध र अवैध मेसिन रोकिएको स्थानीय पदम चौधरीले बताए ।

 

‘यहाँ बेलौरीमा नेपाल प्रहरीले तस्कर तह लगाउनेदेखि अवैध काम रोक्न अथक प्रयास गरेको छ, ‘उनले भने, ‘यो प्रहरीको कर्तव्य र नैतिकता, सकृयता देखिन्छ, सायद नेपाल प्रहरीपनि तस्करसंग मिलेर हप्ता अशुलिमा लिप्त भएको भए तस्करका समान पक्राउ हुन्थेनन् ।’ बेलौरीका स्थानीयका भनाई अनुसार नेपाल प्रहरी आन्तरिक सुरक्षाको कामका बाबजुत तस्कर तह लगाउने काममा खटिएका छन । भने शसस्त्र प्रहरीले तस्करसंग मिल्ने र तस्करबाट रकम अशुल्ने, अनिचित लाभ लिने आरोप लगाएका छन ।

 

तर, त्यस आरोपमा सशस्त्र प्रहरीले कुनै सत्यता नभएको र सातदिन तस्करी नियन्त्रण र सीमा सुरक्षामा खटिएको बताउँदै आएका छन । स्थानीयले नाकामा सशस्त्र प्रहरी हुँदा कसरी समान भित्रिन्छ, अनि नाकाबाट विच गाँउमा पुग्दा नेपाल प्रहरीले कसरी समान बरामद गरिरहेको बारे अन्यौलता प्रकट गरेका छन । नेपाल प्रहरीले सोमबार एकै दिन भारतबाट बेलौरी नाका भएर नेपाल भित्रिन लागेको अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लाखौँको समान नियन्त्रणमा लिएरको छ ।

 

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले नेपाल प्रहरीको मातहतका कार्यालयबाट खटिएको टोलीले बेलौरी नगरपालिका ६ दुम्ली क्षेत्रबाट जितेन्द्र गुप्ताले चलाईरहेको मोटरसाईकलबाट कपास, चिनी, सहित एक लाख दुई हजार पाँच सयको समान बरामद गरि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाईएको छ । भने बेलौरी विद्यानगर क्षेत्रबाटै एक क्विन्टल बोईलर कुखुरा बरामद गरि भन्सार बुझाईएको छ । भने बेलडाँडी प्रहरीले समेत दुईदिन पहिला २ लाख भन्दा माथीको समान गड्डाचाैकी भन्सार कार्यालयलाई बुझाएको छ । पछिल्ला दिनमा कञ्चनपुरका अन्य क्षेत्रबाट समेत प्रहरीले तस्कर तह लगाउने काम गरेको छ । यसलाई जनताले सकारात्मक रुपमा लिएका छन ।

 

ताजा समाचार