Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीप्रहरीद्वारा अबैध समान बरामद गरि भन्सार चलान

प्रहरीद्वारा अबैध समान बरामद गरि भन्सार चलान

बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र खुल्ला सिमा नाकाबाट अबैध ढंगबाट भित्र्याई रहेका समान विभिन्न ठाउँबाट बरामद गरि अाज भन्सार कार्यालय बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेलडाडी गा.पा.वडा नम्बर ३ बनपुरवा र बेलौरी न.पा.१० भुडा चौराहा स्थित भन्सार छली पैठारी गरी ल्याएका चिनि बोरा,आन्टी मिठो सुपारी,प्याज ,पापड प्याकेट, पार्लेजि बिस्कुट, सुकेको खुर्सानी, डिउ ६०० मिलिलिटर, बेसन (मैदा) झुम्का सुर्ती र कालो झिल्ली प्लाष्टीक हल्दी २ , हार्डब्यरका समान लगायत गरी अन्दाजी २ लाख १४ हजार बराबरको समान भन्सार कार्यालय गड्डा चौकी पठाएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेनद्र बहादुर सिंहले जानकारी दिनु भयो ।

वहाँका अनुसार हामीले नियमित गस्ती गर्दा उक्त समान बरामद गरिएको बताए ।

ताजा समाचार