Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीएमाले पार्टी कार्यालय कञ्चनपुरमा बोर्ड परिर्वतन

एमाले पार्टी कार्यालय कञ्चनपुरमा बोर्ड परिर्वतन

विकास सिह महता
नेकपा एमाले पार्टी कार्यालय कञ्चनपुरमा बोर्ड परिर्वतन गरिएको छ । यस अघि माओवादी र एमाले एकिरकणसंगै नेकपा बोर्ड थियो । संसद विघटन, सर्वोैच्च आदालतले नेकपा पार्टी ऋर्षि कट्टेललाई दिएसंगै पुर्ववत माअ‍ोवादी र एमाले यथावत पार्टी रहेको फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र अलगिएका छन । मंगलबार नेकपा एमाले नेपाल पक्षधर नेता कार्यकर्ताले बोर्ड परिर्वतन गरेका छन । नेपाल पक्षधरका रुपमा चिनिने विद्यार्थी नेता अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले दिउँसो ३बजेतिर पनि कार्यक्तम आयोजना गरिएको बताए । नेकपा एमाले र माओवादी अलग अलग बस्ने दुवै पार्टीका नेताहरुले बताएका छन । एमाले नेताहरुले माओवादीबाट मन्त्री भएकाहरुलाई हटाएर उनीहरुको ठाँउमा नेपाल पक्षधर नेताहरुलाई जिम्मेबारी दिने तयारी गरेको बताएका छन । एकताको किचलो भन्दै दुवै पार्टी अलग अलग भएर आ–आफ्ना एजेण्डा लिएर देश र जनताको पक्षमा काम गर्नुपर्ने प्रतिकृया दिईरहेका छन ।

ताजा समाचार