Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएमालेमा फर्कदै माधव नेपालले भनेः प्रचण्डजी र हाम्रो मन विशाल छ

एमालेमा फर्कदै माधव नेपालले भनेः प्रचण्डजी र हाम्रो मन विशाल छ

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको निर्णयले एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् । पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले एमाले पार्टी दर्ता भएको र सबै कुराको निर्णय हेरेर गर्ने बताए ।

‘अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ’, उनले भने । नेता नेपालले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् ।

‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौँ’, उनले भने, ‘फरक फरक पार्टीमा रहे पनि वाम एकतालाई जोगाउने प्रयासमा लाग्छौं । सबै वामपन्थी एक हुन्छौं ।’

ताजा समाचार