Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा शिवरात्रीको अवसरमा सांस्कृतिक महोत्सव लाग्ने

बेलडाँडीमा शिवरात्रीको अवसरमा सांस्कृतिक महोत्सव लाग्ने

बेलडाँडी,
हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा बेलडाँडीमा सांस्कृतिक महोत्सव लाग्ने भएको छ ।

चवन्नी वजार व्यवस्थापन समितिको आयोजनामा बेलडाँडीमा बेलडाँडी सांस्कृतिक महोत्सव २०७७ लाग्ने तयारी भएको चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष प्रकाश उर्यालले जानकारी गराउनु भयो । उहाँका अनुसार बजार व्यवसायी, उपभोक्ता र यहाँका आम नागरिकलाई रमाइलो होस् भन्ने उदेश्यका साथ मेला लगाउने तयारी रहेको बताए ।

उहाँका अनुसार यसै २७ गते र २८ गते दुईदिनका लागि चवन्नी वजारको खुल्ला मञ्चमा मेला लगाउने तयारी भएको जनाए । राष्ट्रिय स्तरका कलाकारहरुलाई बेलडाँडीमा ल्याउने जनाउदै भब्य तरिकारले महोत्वस लगाउने तयारी पुरा भएको बताए । यत्रो भब्य कार्यक्रम आफुहरुले मात्र धान्न नसकिने भन्दै गाउँपालिकाले समेत केहि सहयोग गर्ने आसवासन दिएकाले यत्रो तयारी रहेको बताए ।

चवन्नी बजार व्यवस्थापन समितिका सचिव इन्द्र खडकाका अनुसार राष्ट्रिय स्तरका कलाकार बेलडाँडीमा ल्याएर बेलडाँडी बासीहरु लाई भरपुर्ण मनोरञ्जन दिने तयारी रहेको जनाए । वहाँका अनुसार यस दुईदिने महोत्सवको उदघोषण नेपाल टेलिभिजनकी डोटेली कार्यक्रम प्रस्तोता निर्मला खडायतले गर्ने र राष्ट्रिय कलाकार अराज केशव गिरी, देउडा गायिका रेखा जोशी र चेतन बोहरा आउने तयारी रहेको जनाइएको छ । साथै स्थानीय कलाकारलाई समेत अवसर दिइने सचिव खडकाले जनाउनु भयो ।

वजार व्यवस्थापन समितिका उपाध्यक्ष गणेश महर बिष्टका अनुसार यहाँका नागरिकहरुलाई रमाईलो दिन निशुल्क हेर्ने व्यवस्था गरिने जनाएका छन् । गत बर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम गर्न नसकिएको जनाउदै यस पालि भव्य कार्यक्रम आयोजना गरिएको बताए ।
महोत्सव लाग्ने भए पछि बेलडाँडीमा रौनक छाउन थालेको छ ।

यस्तै बेलौरी नगरपालिका वडा नं.१० शिवनगरमा पनि यसै २६ र २७ गते भब्य मेला लाग्ने भएको छ । मेला आयोजक मुल समितिका संयोजक पुष्पराज जोशीको संयोजनमा दुइदिने मेलाका साथै विभिन्न कार्यक्रम हुने भएका छन् ।

ताजा समाचार