Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीसिमान्तकृत महिलाको अधिकारबारे छलफल

सिमान्तकृत महिलाको अधिकारबारे छलफल

पहिलाद राना
सिमान्तकृत महिलाको अधिकार बारे कञ्चनपुरको महेन्द्रनगरमा छलफल गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आईतबार भएको हो ।
मानव अधिकारको लागि महिला एकल महिला समुह÷डब्लुएचआरको आयोजनामा वुमनकाईण्ड वल्र्डवाईडको सहयोगमा कञ्चनपुरमा सञ्चालित “नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना” अन्र्तगत “सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम” को आयोजना गरिएको हो । कार्यक्रम संयोजक बिर बहादुर नेपालीले सिमान्तकृत महिलाको सशक्तिकरण र नेतृत्व बिकासकालागि संस्थाले यस अवधीमा गरेका कार्यक्रम बारे जानकारी प्रदान गर्ने, जिल्ला स्तरमा सक्रिय सञ्चारकर्मीसंग समन्वय सहकार्य गर्ने र सिमान्तकृत महिलाको अधिकार र सञ्चारकर्मीहरुको भुमिका बिषयमा छलफल गर्दै सहभागि सञ्चारकर्मीको धारणा बुझ्ने उदेश्यले रहेको बताए ।
जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता गरिएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका कार्यक्रम संयोजक नेपालीले गरेका थिए ।
कार्यक्रममा पत्रकार रनी बिवस, बिकास सिंह महत्ता, अम्वादत्त तिवारी, एैश्वर्या कुवँर, होम योगी लगायतका पत्रकारले छलफलमा संस्थाले यस अवधीमा गरेका कार्यक्रमहरुको बारेमा आफ्ना धारणा राख्दै सिमान्तकृत महिलाहरुको अधिकार संरक्षण गर्न उनिहरुलाईको सहभागिता अभिबृद्ध गर्न सञ्चारक्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव रमा पन्तले ले सञ्चालन गरेको कार्यक्रममा सदस्य चन्द्रा खडायतले स्वागत मन्तब्य राखेका थिए ।

ताजा समाचार