Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीयुवा उद्यमी साउदद्वारा बृद्धआश्रममा खाद्यान्न वितरण

युवा उद्यमी साउदद्वारा बृद्धआश्रममा खाद्यान्न वितरण

खडक कोली
कञ्चनपुरका युवा सफल उद्यमी किरण साउदले बृद्धआश्रमाना खाद्यान्न वितरण गरेका छन ।
आईतबार युवा सफल उद्यमी तथा किसान पोल्ट्री सप्लायर्सका संचालक साउदले जन्मदिनको अवसरमा बेदेकोट नगरपालिका ८रौटेलाको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न वितरण गरिएको हो । नेकपा निकट राष्ट्रिय युवा संघका केन्दीय सदस्य समेत रहेका युवा सफल उद्यमी साउदले ३१ बर्ष पुरा भई ३२औँ बर्ष प्रवेस गरेको अवसरमा खाद्यान्न वितरण गरेका छन । साउदले चामल, दाल, नुन, तेत, नास्ता, तरकारी बृद्ध आश्रमका व्यवस्थापक बहादुर सिह विष्टलाई हस्तान्तरण गरेका छन । राहत हस्तान्तरण गर्दै सफल उद्यमी साउदले जन्मदिनको अवसर पारेर अहायक नागरिकलाई खाद्यान्न वितरण गरेको बताए । खाद्यान्न वितरण कार्यक्रममा सहभागि भएका नेकपा बेदकोटका अध्यक्ष ललित परियारले समाजमा सकारात्मक सन्देश गएको बताए । नेकपा युवा नेता चन्द्रकान्त भट्ट(सिके)ले सबै युवाहरुले आफ्नो जन्मदिनको अवसर पारेर यस्तै समाजिक कार्य गरेर असाहय नागरिकको उद्दार हुने बताए । राष्ट्रिय युवा संघका केन्दीय उपाध्यक्ष योगेश साउदले आफ्ना संगठनका युवा समेत रहेका सफल उद्यमी साउदको कार्य प्रेरणायोग्य भएको बताए । अनेरास्ववियू कञ्चनपुरका युवा नेता सुरेश भट्टले जन्मदिनमा मदिराका फजुल खर्च गर्नुभन्दा यस्तै समाजिक कार्यबाट पुण्य काम भएको टिप्पणी गरे । युवा परिष्द कञ्चनपुरका अध्यक्ष विवेक बोगटी, महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), युवा नेता, एव व्यवसायिको सहभागिता रहेको थियो । किरणको कार्यबाट युवा प्रभावित भएका छन । आगामी दिनमा समेत समाजिक कार्य गर्ने उनको भनाई थियो । जन्मदिनमै अवसर पारेर बृद्धआश्रममा सहयोग गरेको भन्दै बृद्ध आश्रमका व्यवस्थापक बहादुर सिह विष्टले साउदप्रति अभाव प्रकट गर्दै केही दिनका लागि आश्रममा खाद्यान्न सहयोग भएको बताए ।

ताजा समाचार