Tuesday, August 16, 2022
गृहपृष्ठदैनिक गतिविधीदैजी-बेलडाँडी सडक खण्डमा देखिने बाघलाई व्यवस्थापन गर्ने तयारी ः कालिकिच उपभोक्ताका अध्यक्ष...

दैजी-बेलडाँडी सडक खण्डमा देखिने बाघलाई व्यवस्थापन गर्ने तयारी ः कालिकिच उपभोक्ताका अध्यक्ष थापा

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटोदुरीको सडक दैजी-बेलडाँडी सडक खण्डमा केहिदिन यता देखि बाघ देखा पर्न थालेपछि स्थानीय वासिन्दा त्रसित बन्दै गएका बेला यसको व्यवस्थापन तुरुन्त गरिने भएको छ ।
मध्यवर्ती क्षेत्र शुक्लाफाटा निकुञ्ज अन्तरगत कालिकिच उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर थापाले यसको व्यवस्थापन गर्नका लागि निकुञ्ज कार्यालय संग सम्पर्क भएको बताए । यस सडक खण्डमा हिड्ने बेला जतिबेला पनि बाघले आक्रमण गर्ने सम्भावना देखिए पछि निकुञ्ज संग यसलाई नियन्त्रण गर्ने विषयमा छलफल भएको अध्यक्ष थापाले बताउनु भयो ।

उहाँका अनुसार हिजो मात्र बाघ व्यवस्थापन गर्ने विषयमा फोन सम्वाद भएको बताउदै यसलाई सडक खण्डबाट टाढा भगाउन सकिने बताउनु भयो । यात्रुहरुले पटक पटक यस क्षेत्रमा बाघ बाटोमा देख्ने गरेकाले यसबाट बच्न सबैले सर्तकता अपनाउनु पर्ने भन्दै यसको दिर्घकालिन व्यवस्थापन गर्न नसके पनि केहि टाढा सम्म लखेट्न सकिने जनाउनु भयो ।
यस्तै बर्दिया र कैलालीमा बाघले २ जना महिलालाई खाइसकेपछि स्थानिय झिन त्रसित बनेका हुन् ।

ताजा समाचार