Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीप्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट

कैलाली
प्राज्ञिक विद्यार्थी परिष्द नेपाल सुदूरपश्चिमको अध्यक्षमा महेश भट्ट चयन भएका छन । भने सचिवमा प्रदिप भट्ट भएका छन । कैलालीको धनगढीमा सम्पन्न भएको दोस्रो प्रदेश भेलाबाट अध्यक्षमा प्राज्ञिक विद्यार्थी परिष्द नेपाल सुदूरपश्चिमको अध्यक्ष र सचिवमा भट्टद्वय चयन भएका हुन ।
दुई दिनसम्म चलेको अधिवेशनको प्रमुख अतिथि सुदुरपश्चिम विश्वविद्यालयका उप–कुलपति प्रा. डा. अम्माराज जोशी, परिषदका राष्ट्रिय महासचिव सुरेन्द्र प्र. भट्ट, स्वागत समिति अध्यक्ष सुरेन्द्र चन्द, स्वागत समिति महासचिव राहुल चन्द, प्रदेश अध्यक्ष, प्रदेश सचिव आदि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनको एक सत्रमा राष्ट्रिय सुरक्षामा युवाको भूमिकामा प्रमुख वक्ता सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी ज्यूले आफ्नो विषय राख्नु भएको थियो । अधिवेशनमा परिषदको विचार, कार्यपद्दती, २५ वर्षको उपलब्धि आदि विषय परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र राष्ट्रिय सह–संगठन सचिव रमेश कडेल, राष्ट्रिय महासचिव सुरेन्द्र भट्ट लगायतका विशेष व्यक्तिहरूद्वारा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
उक्त अधिवेशनबाट दुई बर्षको कार्यकालका प्रदेश अध्यक्ष महेश भट्ट र प्रदेश सचीव प्रदीप भट्ट प्रदेश सह–सचीव संदिप महारा,जयन्ती रैका,दिवस पोखरेल मिडिया प्रमुख लोकराज पन्त प्रदेश छात्रा प्रमुख बबिता बोहरा र कैलाली,कंचनपुर जिल्ला संगठन सचीव मणिराम चौलागाईं लगाएत २५ सदस्यीय प्रदेश कार्यकारिणी समिति घोषणा भएको थियो ।
साथै प्रदेश संगठन सचिव चन्द्रशेखर जोशीले समापन मन्तव्य राखदै कार्यक्रम ज्ञद्द गते औपचारिक रूपबाट समापन गर्नु भयेको थियो । अधिवेशनमा प्रदेशभरबाट ज्ञछज्ञ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार