Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीप्रचण्ड नेपाल नेकपा कञ्चनपुरले भन्यो– ‘नैतिकताका आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ’ पार्टी फुटेको...

प्रचण्ड नेपाल नेकपा कञ्चनपुरले भन्यो– ‘नैतिकताका आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ’ पार्टी फुटेको छैन, प्रतिगमनतिर गएका नेता कार्यकर्ताले आत्माआलोचना गरेर आए स्वागत गछौँ

पुष्कर भट्ट/कञ्चनपुर,
गत ५ पुषमा नेकपा अध्यक्ष समेत रहेका प्रंधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधी सभा विघटन गरेसगै नेकपा दुई चिरामा परिणत भएको छ । दुई महिनापछि सर्वोच्च आदालतले प्रतिनिधी सभा पूर्नस्थापना गरेसंगै नेकपा प्रचण्ड नेपाल समुहले जनताको लोकतन्त्रको जित भएको जनाउँदै खुसियाली एव हर्षित भएको छ, भने, ओली पक्षले अनपेक्षित परिमाण गर्दै भन्दै आएको छ ।

संसद पूर्नस्थापना भएको दोस्रो दिन प्रचण्ड नेपाल पक्षीय नेकपा कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आदालतलको फैसला स्वागतयोग्य लोकतन्त्रको हितमा भएको निष्कर्ष निकालेको छ । संविधान लोकतन्त्र र जनमतको पक्षमा भएको सर्वोच्च आदालतको ऐतिहासिक निर्णय स्वागतयोग्य भएको नेकपा कञ्चनपुरको निष्कर्ष छ ।

नेकपा कञ्चनपुरका सचिव तारालामा तामाङ्गले सर्वोच्चको फैसला जनताको हितमा भएको बताए । नेकपा केन्दीय सदस्य एव कञ्चनपुर जिल्ला इन्चार्ज विक्रम शाहीले संसद पूर्नस्थानाले ओलीको असम्वैधानिक कदम प्रष्ट देखाएको बताए । उनले नैतिकताको आधारमा ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्नेमा बताए ।

‘पार्टी फुटेको छैन, एकजुट नैछ केही साथिहरु प्रतिगमनका पक्षमा जानीनजानी लागे, यहाँहरुलाई हामी आत्माआलोचना सहित स्वागत गछौँ, ‘उनले भने, ‘पार्टीएक जुटभएर अघि बढ्छ ।’ प्रधानमन्त्रीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास भोगाधिकार नहुँदै गरेकोप्रति उनले गैर कानुनी भएको टिप्पणी गरे । वनमन्त्री प्रेम आलेले कञ्चनपुरका आरक्षपीडितको समस्या १९दिनमै समाधान गर्ने भाषण हास्ँयास्पद र लाजमर्दो भएको बताए ।

नेकपा कञ्चनपुरका सचिव तालालामा तामाङ्गद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संविधानको अपव्याब्खा गरि देशलाईए निरन्तर प्रतिनिधी सभा विघटनको कुचक्रमा फसाउने केपी शर्मा ओली र निजलाई उत्प्रेरित गर्ने गराउने दिने देशीविदेशको षडयन्त्र आदालतबाट विफल भएको भनिएको छ । ‘संविधान सभाबाट भनेको नेपालको संविधान तथा त्यस अनुरुपको लोकतान्त्रिक प्रंणाली प्रतिनिधी सभाको मर्यादाको रक्षा तथा नेपाली जनताको मतको सुरक्षा भएकोछ,, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘प्रतिनिधी सभाको पूर्नस्थापनाबाट आगामी दिनमा राष्ट्रिय हित स्वाधिनता, अखण्डता, लोकतन्त्र र जनताको आकाक्षा अनुरुप सरकार राज्य संचालनको मार्ग प्रसस्त हुनेछ ।’ प्रधानमन्त्री ओलीले असम्वैधानिक र स्वेच्छाचारी किसिमले प्रतिनिधी सभा विघटन गरि देशलाई संकटतर्फ धकेल्न गरेको कुचेष्टाको बिरुद्धमा संविधान लोकतन्त्र र राष्ट्रिय हितको पक्ष्ँमा निर्णय भएको जनाईएको छ ।

लोकतान्त्रिक मुल्य मान्यता र संविधानप्रति जुनसुकै कोणबाट हुनसक्ने आक्र्रमणको बिरुद्ध सचेत हुन समेत नेकपा प्रचण्ड नेपाल पक्षले आब्हान गरेको छ । सर्वोच्चको कदमले नेकपालाई अझ एकजुट भएर देश र जतताको पक्षमा काम गर्ने अवसर खुला भएको जनाउँदै जिल्लाभित्रका सबै नेता कार्यकर्तालाई एकजुट नै पार्टीमा आबद्ध हुन समेत अग्रह गरिएको छ । संसद पूर्नस्थापनकै दिनदेखि नेकपा प्रचण्ड नेपाली पक्षीय नेता कार्यकर्ताले कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा, बेलौरी, पूनर्वास, कृष्णपुर, बेलडाँडी, दोधाराचाँदी,लालझाडी क्षेत्रमा दिपप्रज्वलन एव खुसियाली जुलुस निकालिरहेका छन ।

ताजा समाचार