Friday, August 19, 2022
गृहपृष्ठराष्ट्रिय समाचारसंसद पूर्नस्थापनाको अनेरास्ववियूद्वारा काठमाण्डौँमा दिप प्रज्वलन

संसद पूर्नस्थापनाको अनेरास्ववियूद्वारा काठमाण्डौँमा दिप प्रज्वलन

कठमाण्डौँ सर्वोच्च आदालतले प्रतिनिधी सभा पूर्नस्थापना गरेसंगेै नेकपा निकट अनेरास्ववियूले काठमाण्डौँमा दिप प्रज्वलन गरेको छ । सर्वोच्च आदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको एक ईजलासले प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा विद्यादेवि भण्डारीले प्रतितिनी सभा विघटन सदर गरेका थिए ।

दुई महिनापछि सर्वोच्चले प्रतिनिधी सभा विघटन निर्णय बिरुद्ध उल्ट्याउदै मंगलबार प्रतिनिधी सभा संसद पूर्नस्थापना गरेको हो । संसद पूर्नस्थापनाको अनेरास्ववियूद्वारा काठमाण्डौँमा दिप प्रज्वलन गरेको अनेरास्ववियूका नेता किशोर भट्टले बताए ।

कोण सभा अनेरास्ववियूका केन्द्रीय सह संयोजक रञ्जित तामाङ्गले प्रतिगमनलाई जनता र आदालतले तिरस्कृत गरिदिएको बताए । यस अघि नेकपा प्रचण्ड नेपाल पक्षीय अनेरास्ववियूले विगत दुई महिनादेखि संसद विघटन बिरुद्धमा शसक्त आन्दोलनमा होमिएको थियो ।

अनेरास्ववियूले नेपाली जनता संघर्षका कारण प्रतिगमनमा फुलस्टप लागेको थियो । एक दिन अघि मात्रै कञ्चनपुरको छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्तममा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पूर्नस्थापना तर्फ लक्षित गरेर केही भईहाले पनि आफुहरुको राजनीतिक नसकिने बताउदै संसद पूर्नस्थापना भए प्रधानमन्त्री कसलाई बनाउने र संसद किनबेच हुने बताएकै भोलीपल्ट संसद पूर्नस्थापनका लागि सर्वोच्चले फैसला गरेको हो ।

ताजा समाचार