Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीआरक्षपिडितका लाई शिविरमा होइन घरमा छिट्टै बसाल्छु : प्रधानमन्त्री ओली

आरक्षपिडितका लाई शिविरमा होइन घरमा छिट्टै बसाल्छु : प्रधानमन्त्री ओली

बिकास महता/कञ्चनपुर

सुदूरपश्चिम प्रदेश स्थित बेदकोट नगरपालिकामा रहेको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपो शर्मा ओलिले अब कञ्चनपुरका जनताले शिविरमा होइन छिट्टै गाउँघरमा बसाल्छु भनेर प्रतिबद्धता समेत गरेका छन् ।

वि.स २०५८ सालमा विस्तावित बनेका कञ्चनपुरका आरक्ष पिडित दुई दशक बितिसक्दा पनि एउटा खुल्ला आकाशमुनि बस्न बाध्य बनी अन्धकार जीवनकाल बिताइरहेका पिडितको घाउमा मलम पट्टी लगाउने काम मात्र हुने गरेको यो लामो अन्तराल पछि पुन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आयोजना गरिएको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपि शर्मा ओलि अब कञ्चनपुरका १४ वटा शिविरको समस्या समाधान छिट्टै गरि जनता लाई शिविरमा नभएर गाउँघरको बस्तीमा बसाल्ने समेत आसवासन दिने दिएका छन्।

यसरी भुमि हिनका लागि जमिनको व्यवस्था गरिने जसमा एकीकृत बस्तिको निर्माणको कार्यलाई समेत तिव्र गतिमा कार्य भैरहेको यो समयमा अझै छिट्टै बिकासका कार्य समेत अगाडि बढाइएको र अबका दिनमा भुमी समस्या लगत्तै हल हुने बताएका छन् । आरक्षपिडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले विगतमा पनि मन्त्री देखि लिएर प्रधानमन्त्री लगायत सरकार पक्षले लगायत नेताहरुले यस्तै गरि पिडितको समस्या समाधान हुन्छ ,भन्दै आवश्वासन दिने गरेको तर पूरा नगर्ने प्रवृतिका कारण आफुहरुको समस्या जस्ताको तेस्तै रहेको बताए। कांग्रेस सभापति शेर बहादुर देउवाका पालामा वि.स २०५८ सालमा शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित पिडितको अहिलेसम्म पुर्नस्थापना हुन भने सकेको छैन्। पीडितका नाममा १२ औं आयोग बनिसक्दा पनि पीडितको समस्या उस्तै रहेका छन् । अहिले सम्म कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका शिबिरमा बसोबास बस्दै आएका छन् ।

ताजा समाचार