Saturday, December 3, 2022
गृहपृष्ठराष्ट्रिय समाचारस्पाइनल इन्जरी नेटवर्क नेपालद्धारा भर्चुअल तालिम 

स्पाइनल इन्जरी नेटवर्क नेपालद्धारा भर्चुअल तालिम 

कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड -१९ को सन त्रास एक पछि अर्को रुपमा कम हुँदै गए पछी अपांगता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रमको आयोजना गरिएको छ।
स्पाईनल इन्जरी नेटवर्क नेपालको आयोजनामा सञ्चालन भएको पाँच दिने भर्चुल ट्रेनिङ्ग एबिलिस फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिएको कोभिड–१९ को महामारी सन्तुलन भए सँगै माघ २४ गते शनिबार बाट शुरु भएको कार्यक्रम प्रत्येक हप्ताको शनिबारको दिन सञ्चालन गरिदै आएको उक्त कार्यक्रम फागुन २२ गते समापन्न गरिने छ । विशेष गरी देश भरि छरिएर रहेका मेरुदण्डमा चोट लागेका व्यक्तिहरुलाई लक्षित गरी उनीहरुमा पर्न आउने समस्याको समाधान गर्दै कसरी समाजमा पुनर स्थिापित तथा सक्रियरुपमा स्ववालम्बन बन्न सकिन्छ भन्ने उद्देश्यका साथ उक्त भर्चुअल कार्यक्रमको आयोजना गरिएको हो ।
पहिलो दिनको तालिममा स्पाईनल इन्जोरी पुनस्थापना केन्द्रका मेडिकल डाइरेक्टर तथा मेरुदण्ड पक्षघात सम्बन्धी विशेषज्ञ डा. राजु ढकाल स्रोत व्यक्तिको रुपमा रहनु भएको थियो भने यसमा मेरुदण्ड पक्ष घात पश्चात उनीहरुमा हुने दिशा पिसाब व्यवस्थापन बोहोर्नु पर्ने घाउ बाट बच्ने तरीका तथा पुनस्थापनाको महत्वको बारेमा जानकारी दिनु भयो । दोस्रो दिनको कार्यक्रममा मानस्कि स्वास्थ्यको बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो । जसलाई यसआइआरसिका साइकोलोजिस्ट विष्टले मेरुदण्ड पक्षघात पश्चात पनि मानसिक स्वास्थ्यलाई बलियो र सकारात्मक बनाउनु पर्छ भनि प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका ेतेस्रो दिनमा फागुन ८ गते भएको भर्चुअल कार्यक्रममा नेपालमा अपाङ्गगता खेलकुद विकासको बारेमा पारा ओलम्पिक कमेटीका केन्द्रीय अध्यक्ष दिपक कोइरालाले प्रस्तुत गर्नु भएको थियो । नेपालमा अपाङ्गता भएका खेलाडीहरुले आफ्नो चनाखो पनका आधारमा ताकेता समेत गर्नु पर्ने अध्यक्ष कोइरालाले बताउनु भो।
यसैगरी अझै २ वटा भर्चुअल कार्यक्रम बाँकी रहेको र चोथो कार्यक्रममा मेरुदण्डपश्चघात पश्चात पनि सक्रिय तथा आत्मनिर्भर कसरी हुन सकिन्छ भन्ने विषयमा र पाँचौ कार्यक्रममा अपाङ्गगतामा भएका विशेष सम्बन्धि रहने छ । भर्चुअल कार्यक्रममा देशका विकट भागमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता हुनुको साथै आफुले भोगेका भोगाई र त्यसबाट कसरी निजात पाउन सकिन्छ भनेर घनिभुत छलफल गरिएको थियो ।

ताजा समाचार