Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीबेदकोट नगरपालिकाद्धारा नगरका मुख्य बजार सडकमा डिभाइडर लगाउदै

बेदकोट नगरपालिकाद्धारा नगरका मुख्य बजार सडकमा डिभाइडर लगाउदै

कञ्चनपुर,

दिनप्रतिदिन एका-एक सडक दुर्घटना बढ्न थाले पछि दुर्घटना लाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणको र रोकथामका लागि बेदकोट नगरपालिकाद्धारा प्रजातन्त्र दिवसको अवसरमा डिभाइडर राख्ने काम गरेको छ।

शुक्रबार एक कार्यक्रमका साथ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बेदकोट नगरपालिका द्वारा नगरपालिकाका मुख्य बजारका सडक चोक चोकमा डिभाइडर राख्ने कार्यको थालनी सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, सशस्त्र प्रहरीका एसपी , राष्ट्रिय अनुसन्धान आयोगका एसपी , नेपाली सेना अधिकृतले सयुक्त रुपमा कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी ईन्सपेक्टर लाई डिभाइडर हस्तान्तरण गरि प्रजातन्त्र दिवस मनाएको छ।

समाजिक कार्य देखि लिएर निरन्तर रुपमा विभिन्न सकारात्मक कार्यलाई आत्मसात गर्दै बेदकोट नगरपालिकाले आफ्नो नगर क्षेत्रमा काम कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ।

ताजा समाचार