Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीलम्की चुहामा ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका दुबैको मृत्यु

लम्की चुहामा ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका दुबैको मृत्यु

कैलाली,

कैलालीको लम्कीचुहामा मोटरसाइकल लाई ट्रकले ठक्कर दिदा मोटरसाइकल सवार दुबै जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–१० चुहा बजार नजिकै ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ को नम्बरको वनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बलियाका २४ वर्षीय दिनेश चौधरी र जानकी गाउँपालिका तोरैयापुरकी १८ बर्षिया किशोरी चन्द्रा चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक दिनेश दिनेशको उपचारको लागि लम्की ल्याउदै गर्दा मृत्यू भएको हो, भने दुर्घटनामा गम्भीर घाईते भएकी चन्द्राको थप उपचारको लागि कोहोलपुर लिदै गर्दा बिच बाटोमै मृत्यू भएको जनाइएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार