Saturday, December 3, 2022
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त क्लब मनकामनाको २०औं साधारणसभा फागुन अन्तिम सातामा हुने

सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त क्लब मनकामनाको २०औं साधारणसभा फागुन अन्तिम सातामा हुने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रमा एक पछि अर्को सफलता हात पार्न सफल मनकामना युवा क्लबले आफ्नो साधारणसभा तथा अधिवेशनको तयारी तिव्र रुपमा थालेको छ।
मनकामना युवा क्लब धनगढी -१२ जुगेडामा फागुन ४ गते बसेको कार्यसमितिको बैठकले बर्तमान कार्यसमितीको समय अवधी सकिएको हुँदा यहीँ फाल्गुन २९ गते अधिवेशन गर्ने तयारीमा रहेको क्लबका अध्यक्ष डबल बहादुर थापाले बताउनु भएको छ। उनका अनुसार साधारणसभा तथा अधिवेशन २९ गते बिहान १० बजे क्लबको आफनै प्राङ्गणमा २० औ साधारण सभा तथा अधिबेशन गर्ने निर्णय समेत गरेको हो।
यसरी क्लबमा आवद्ध सम्पूर्ण साधारण सदस्य, सल्लाहकार ,समाजसेबी , क्लबप्रती आस्थावान सहयोगी महानुभावहरु, पुर्ब कार्यसमिती प्रतिनिधि सम्पुर्णमा आफ्नो सदस्यता नवीकरण तथा नया सदस्यता लिन चाहनेहरु लाई पुर्व जानकारी समेत गरेको छ। भने यस क्लबका सदस्य शुशील रानामगर, मन ब. बि.क. लाई सम्पर्क गरि फाल्गुन २५ गते सम्म आफ्नो सदस्यता नवीकरण तथा नया सदस्यता लिन समेत सकिने छ।

ताजा समाचार